साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि पनि कमरेडकै कुरा

यिनीहरूलाई कमरेड मान्ने हो भने मैले म आजबाट कमरेड होइन भन्नु पर्ने हुन्छ हिजो हाँसी हाँसी छात्तीमा गोली थाप्ने पनि कमरेड यी हप्ता हप्तामा कमिशन थाप्ने पनि कमरेड यस्तो कसरी हुन्छ ?

Nepal Telecom ad

बलराम तिमल्सिना :

एक जना कमरेडले भने-
घुष नखाई पनि कमरेड होइन्छ ?
अर्का कमरेड कस्सिए-
दलाल नबनी कहीं टिक्न सकिन्छ ?
तेस्रो कमरेड कुर्लिए-
अलि अलि जनता नढाँट्ने हो भने
चुनाबमा भोट कसरी आउँछ ?
तपाईले सुन्नु भयो नि कमरेडका कुरा !?

यिनीहरूलाई कमरेड होइनन् भनौं
यिनीहरूले नै भोट मागेर
कमरेडहरूको पहिलो पार्टी
कमरेडहरूको दोस्रो पार्टी
र कमरेडहरूको तेस्रो पार्टी यिनीहरूकै छ
सरकारको नेतृत्वमा यिनीहरू नै छन्
प्रतिपक्षको बेञ्च यिनीहरूले नै तताइरहेका छन्
सरकारलाई थाक्रो यिनीहरू नै छन ।

यिनीहरूलाई कमरेड हुन भनौं भने
मेरो विवेकले आची खानु पर्छ
यिनीहरूलाई कमरेड मान्ने हो भने
मार्क्सलाई बहुलाहा
लेनिनलाई युध्द सरदार
माओलाई सन्काहा
र चेग्वेभारालाई हत्यारा भन्नु पर्ने हुन्छ
म त्यसो कसरी भनौं ?‌

थरी थरीका कमरेडहरू
चिया पसलमा भेटिन्छन्
एउटाले गफ लगाउँछ –
म त अचेल गायत्री जप्न थालेको छु
गायत्री जप्न थालेदेिख
बाहुन टोलमा सङ्गठन ह्वात्तै बढेको छ
अर्कोले गफ अघि बढाउँछ
जनै लगाउन थालेदेखि
पण्डितहरू पनि पार्टी प्रवेश गर्न थालेका छन
अचेल पार्टीको ओज नै फरक छ
तेस्रो पनि के कम
उसले पनि फूर्ती लगाउँछ
हाम्रो पार्टीमा त धामी झाँक्री पनि टन्नै छन
म केवल सुनिरहन्छु
केही पनि भन्दिनँ ।

यिनीहरूलाई कमरेड हुन भनौं भने
मैलै आफैलाई धिक्कार्ने पर्ने हुन्छ
यिनीहरुलाई कमरेड मन्ने हो भने
होचिमिन्हलाई के भन्ने
पुष्पलाललाई के भन्ने
चारु मजुमदारलाई के भन्ने
म एकदम निस्सासिन्छु
कमरेडहरूको गफ चलिरहेकै छ ।

उल्टै कमरेडहरू थर्काउँछन-
कहाँ लेख्या छ कम्युनिष्टले धर्म नमान्नु भनेर
कसले भन्यो हल्का तस्करी नगर्नु भनेर
कसले भन्यो –
कम्युनिष्टहरूले हल्का रमाइलो गर्न
रेड लाइट एरियामा नछिर्नु भनेर
मोज मजा जति पूँजीपतीले लुट्ने
अनि हामी कम्युनिष्ट चै थुक‌ निलेर बस्ने
यसो भन्छन अचेलका कमरेडहरू !

यिनीहरूलाई कमरेड मान्ने हो भने
मैले साम्यवाद मुर्दावाद भन्नु पर्ने हुन्छ
यिनीहरूलाई कमरेड मान्ने हो भने
मैले कम्युनिष्ट र कमरेड मुर्दावाद भन्नु पर्ने हुन्छ
यिनीहरूलाई कमरेड मान्ने हो भने
मैले म आजबाट कमरेड होइन भन्नु पर्ने हुन्छ
हिजो हाँसी हाँसी
छात्तीमा गोली थाप्ने पनि कमरेड
यी हप्ता हप्तामा कमिशन थाप्ने पनि कमरेड
यस्तो कसरी हुन्छ ?

०००
२०८० असोज १५
सिनामङ्गल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
ऊ अर्थात ढाँटबहादुर !

ऊ अर्थात ढाँटबहादुर !

बलराम तिमल्सिना
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x