साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्याय देख्तै नदेखी

पुगूँ शम्भुको द्वार पस्नै दिँदैनन् यतैबाट हेरूँ उनी देखिँदैनन् बसेको छ साँढे यतापट्टि छेकी गयो जिन्दगी न्याय देख्तै नदेखी ।

Nepal Telecom ad

रमेश खकुरेल :

गए गीतका ती मजाका जमाना
समस्या परेको छ खाना र नाना
नआओ यता मित्र बोकी तराना
परै राख गाना र तिम्रा बजाना ।।

उडेको छ छानो ठिहीले सतायो
भकारी छ खाली झनै भोक लाग्यो
न ता दाउरा छन् बस्यो ग्याँस रित्तो
भरे भोलि खस्ला कि जस्तो छ भित्तो।।

बढेको बढ्यै भो रिनैको भकारी
सधैँ साहु खेद्दै हिँडेका पछाडि
नभागूँ हिँडी सक्नु सामर्थ्य छैन
कुनै ठाउँ छैनन् जहाँ मिल्छ चैन ।।

परेको छ यस्तो बबालै बबाल
फकाएर छुट्टी छ छोरी दलाल
कुनै लान्छु भन्दैछ आजै मलाया
जहाँ मिल्छ खाना तराना र मायाँ ।।

सुनाऊँ कहाँ जो छ लाचार देख्छु
सबै स्वार्थकै दास आचार देख्छु
यता हेर्छु राजा उतै देख्छु राजा
सबैको उही स्वार्थकै लाम ताजा ।।

पुगूँ शम्भुको द्वार पस्नै दिँदैनन्
यतैबाट हेरूँ उनी देखिँदैनन्
बसेको छ साँढे यतापट्टि छेकी
गयो जिन्दगी न्याय देख्तै नदेखी ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x