साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई पात्रका दुई कथा !

केही वर्ष रहस्यमय शैलीको पत्रकारिता गर्यो र वाहवाहीको बाली उठायो राजनीतिको भल छोप्यो धमिलो पानीमा माछा बटुल्यो फेरि नागरिकता बनायो र एक नम्बरको राष्ट्रवादी बन्यो ।

Nepal Telecom ad

उसले देशलाई कहिलै अलविदा भनेन
मुस्कुराउदै “ड्रिमल्याण्ड” छिरेन
देशको माटोलाई
चन्दन मानेर टीका लगाइरह्यो
देशको धूलोलाई
पाउडर मानेर शरीरमा धसिरह्यो
देश सिरानी हालेर सुत्यो
देशको जयगान गाउँदै ब्युँझ्यो
सिमाना छुट्याउने
कङ्क्रिटको खाँबोलाई
ऊ अङ्कमाल गरेर बसिरह्यो
कसैले गिध्देदृष्टि लगाएको बेला
ऊ सैनिक बनेर भिडिरह्यो
रगतले लछप्पै भिज्दा पनि
ऐया सम्म भनेन
जङ्गे पिलर समातेर बसेको
या अतिक्रमणकारीसँग जुधेको
र घाइते भएको तस्बिरको
कहिलै विज्ञापन गरेन
विज्ञापन गरिने कुरा
देशभक्ति हुदैन राष्ट्रवाद हुन्छ भन्ने कुरा
उसले पढ्दै नपढी लड्दा लड्दै बुझ्यो
तर ऊ कहिलै क श्रेणीको नागरिक भएन
पहाडका कमलपित्ते आँखाबाट हेर्दा
ऊ कहिलै देशभक्त बनेन
एउटा संदिग्ध
तथा बिचाराधिन बिहारी मात्र भैरह्यो
राष्ट्रवादीहरूका बचनमा ऊ
एक थान कुहेको आँप मात्र भैरह्यो ।
अर्को थियो
जसले कहिलै देशलाई मायाँ गरेन
बिरालोले आची छोडे जसरी
ऊ देश छोडेर हिड्यो
देशको नागरिकताके सिँगान पुछेर
ऊ मस्कदै विदेश उड्यो
मंसिरमा मुसाले स्वास्नी भित्र्याएझैं भित्र्यायो
र चैतना लखेटेझैं लखेट्यो
उसको दिमागमा
एकाएक राजनेता बन्ने भूत सवार भयो
र सजगज सहित देश फर्कियो
केही वर्ष रहस्यमय शैलीको पत्रकारिता गर्यो
र वाहवाहीको बाली उठायो
राजनीतिको भल छोप्यो
धमिलो पानीमा माछा बटुल्यो
फेरि नागरिकता बनायो
र एक नम्बरको राष्ट्रवादी बन्यो ।
पहिलो पात्र मधेशको मधेशी थियो
दोस्रो पात्र पहाडको पहाडी थियो ।
कथा सकियो ।
राष्ट्रवादी स्वयमसेवकहरू
अब अश्लिल गाली गर्न सुरु गर्नुहोस् ।
अर्को कथा अर्को दिन सुनाउने छु ।

०००
२०७९ मंसिर २
माइतीघर मण्डला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
फेरि पनि कमरेडकै कुरा

फेरि पनि कमरेडकै कुरा

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
ऊ अर्थात ढाँटबहादुर !

ऊ अर्थात ढाँटबहादुर !

बलराम तिमल्सिना
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x