सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मञ्जुश्री साहित्य समाजको ५५ औं रचनावाचन

मञ्जुश्री साहित्य समाजको ५५ औं रचनावाचन शृङ्खला भर्चुअल विधिबाट आज सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, ०७९ मङ्सिर १ । मञ्जुश्री साहित्य समाजको ५५ औं रचनावाचन शृङ्खला भर्चुअल विधिबाट आज सम्पन्न भयो ।

संस्थाका अध्यक्ष डा. बमबहादुर थापा जितालीले अध्यक्षता गर्नुभएको कार्यक्रममा गंगा लिगल प्रमुख आमन्त्रित हुनुहुन्थ्यो ।

कार्यक्रममा रचनावाचन गर्नेहरूमा टेकबहादर लौडारीले- ‘वाग्मती विष्णुुमती सम्वाद’, जनार्दन धड्कनले ‘मनभित्र नै बस भन्नुुभो’, लक्ष्मीप्रसाद मिश्र ‘कोपिला’ ‘लमजुङको परिचय’, चन्द्रावती अधिकारीको गजलको अडियो, ‘रूझाइन् परेली नजानी रुनाले’, वासु ठकुुरीले गजल- ‘नयाँ फेरियो के छ उस्तै प्रणाली’, वीरबहादुर लोहनीले ‘नेपाल उच्च’, आर्त अकुलिनले गद्यकविता ‘आज म खोजिरहेछु’ प्रस्तुत गरेका थिए ।

त्यसैगरी डा. बमबहादुर जितालीले ‘उन्नतिका निम्ति’, पूणर्देवी न्यौपानेले ‘जन्मदिवसका अवसरमा’, गंगा लिगलले ‘जीवन सुन्दर फूल हो’ कविता सहित मन्तव्यमा दिँदै सत्यमेव जयतेमा जोड दिनुभएको थियो ।

दुश्यन्त भट्टराईले ‘झुक्तै गएको शिर’, कल्पना देवकोटाले ‘चुुनाव’, दुर्गा भँमरकोटेले शुुभकामना मात्रै, खोलाघरे साहिँलोले ‘देशमा खिचडी अब’, उर्मिला पन्त पाण्डेले २ मुुक्तक सुनाउनु भएको थियो ।

साँझ ७ बजे समापन गरिएको कार्यक्रमलाई वीरबहादुर लोहनीले सञ्चालन गर्नुुभएको थियो ।

०००
– खोलाघरे साहिँलोको टिपोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad