साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूसाप्रको साधारण सभा अधिवेशन र नयाँ कार्यसमिति गठन

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता र अर्जुन निरौलाको प्रमुख आततिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रगान गाएर देशलाई सम्झने काम भएको थियो ।

Nepal Telecom ad

सूर्योदय, इलाम । सूर्योदय सामाजिक प्रतिष्ठान, सूनपा-१०, फिक्कल इलामको दसौँ साधारण सभा एवम् छैटौँ अधिवेशन सम्पन्न भएको हो । संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता र अर्जुन निरौलाको प्रमुख आततिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रगान गाएर देशलाई सम्झने काम भएको थियो । मञ्चासित अतिथि र सम्मानित व्यक्तित्वहरूलाई गायत्रादेवी ओली घिमिरे तथा दुर्गा दाहाल भट्टराईद्वारा खादार्पण गरिएको थियो । त्यसपछि प्रमुख अतिथिबाट व्यानर पढेर कार्यक्रमको समुद्घाटन भएको थियो ।

कार्यक्रम मूलतः दुई सत्रमा सम्पन्न भएको हो जसमा उपस्थित महानुभावहरूमध्येबाट मन्तव्य , सम्मान र नयाँ कार्यसमितिको चैन रहेको थियो । अध्यक्षको प्रतिवेदन स्वयम् अध्यक्षबाट र लेखा समितिको प्रतिवेदन गायत्रादेवी ओली घिमिरेबाट प्रस्तुत भएको थियो । कार्यक्रममा ख्याम निरौला, प्रेमसागर भट्टराई, काजीमान कागते, दुर्गादेवी भट्टराई, दीपक शर्मा अधिकारीलगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी संस्थाद्वारा भर्खरै प्रकाशित एवम् विमोचित पुस्तक “सूर्योदय सामाजिक प्रतिष्ठान स्मारिका एवम् साहित्यिक सँगालो” प्रकाशनार्थ उच्च आर्थिक सहयोग गर्नुहुने महानुभावहरूलाई दोसल्ला ओढाई अबीरसहित सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो जसमा निर्मला कट्टेल अग्रवाल , सीताकुमारी प्रधान र सुशीला पौड्याल रहेका थिए भने सोही ढङ्गको सम्मान संस्थापक अध्यक्ष विष्णुकुमार शर्मा निरौला, संरक्षक केदारनाथ अर्याल, पूर्व अध्यक्ष द्वय डिल्लीप्रसाद सुवेदी र धनकुमार मोक्तान तथा कलाकार ख्याम निरौलालाई पनि गरिएको थियो ।

त्यसैगरी दोस्रो सत्रको कार्यक्रमअन्तर्गत दीपक शर्मा अधिकारीको संयोजकत्वमा तीन सदसीय निर्वाचन मण्डलद्वारा (दीपक शर्मा अधिकारी, बुद्धिनाथ बराल र मुक्ता शर्मा) ९ सदस्य नयाँ कार्यसमिति पनि चैन गरेको थियो ।

नयाँ कार्यसमिति पदाधिकारीहरूमा अध्यक्ष – कृष्णप्रसाद सुवेदी, उपाध्यक्ष – अर्जुन वेदना राई, सचिव – दीपेन्द्र आचार्य , कोषाध्यक्ष – सावित्रा सिवाकोटी पोखरेल, सदस्यहरूमा रणवीर राई, कमल राई सुच्चा, बालकुमार फागो, मीरा ढुङ्गाना र युवराज ढुङ्गाना आदि रहेका छन् । उक्त कार्यक्रम दुवै प्रतिवेदन पारित गर्दै सम्पन्न भएको थियो । नयाँ कार्यसमितिलाई यो पङ्तिकारको तर्फबाट पनि सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

महिला सृजना तथा बहुउद्देशीय सहकारी सँस्थाको सभाहल र सूसाप्रको आयोजना रहेको कार्यक्रममा तुलसीप्रसाद ढुङ्गानाको स्वागत मन्तव्य र अध्यक्षबाट कार्यक्रम आयोजना गर्नुको अौचित्य प्रस्तुत भएसँगै संस्थाका उपाध्यक्ष कुलप्रसाद ढकालको सहजीकरण रहेको थियो ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नुरज भट्टराई “नदी”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x