फित्काैली डटकमहास्य कलाकार खेम शर्मा (चतुरे)को निधन
‘कुनै बेला टेलिसिरियल र फिल्ममा उनी निकै रुचाइएका कलाकार थिए । रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका उनलाई ‘चतुरेको दाउपेज’ नामक टेलिश्रृंखलाले दर्शकमाझ चिनाएको थियो ।

काठमाडाैं । हास्य कलाकार खेम शर्मा (चतुरे) को आइतबार बिहान अमेरिकामा निधन भएको छ। कलाकार सरोज खनालले सामाजिक सन्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
उनलाई स्वास्थ्य असहज भएपछि बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायरको मेडस्टार अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको बताइएको छ।
आइतबार बिहान अमेरिकाको बाल्टिमोरस्थित मिडस्टार युनियन मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको ६५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अमेरिकामा परिवारसँग बस्दै आएका उनी सात वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।
उनको निधनको खबर हास्य कलाकार सिताराम कटेल (धुर्मुस) ले सामाजिक सञ्जाल मार्फत पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
‘कुनै बेला टेलिसिरियल र फिल्ममा उनी निकै रुचाइएका कलाकार थिए । रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका उनलाई ‘चतुरेको दाउपेज’ नामक टेलिश्रृंखलाले दर्शकमाझ चिनाएको थियो । यसपछि उनी वास्तविक नामले भन्दा ‘चतुरे’ उपनामले बढी चिनिए । हास्य अभिनयमा उनको कमिक टाइमिङ उत्कृष्ट मानिन्थ्यो ।
उनले नाटक र टेलिसिरियलसँगै ‘गोठालो’, ‘करोडपति’, ‘नेपाली बाबु’ ,‘परेली’ ‘धर्म’, ‘घाम छायाँ’ जस्ता एक दर्जनभन्दा बढी फिल्ममा पनि अभिनय गरेका छन् । उनले पछिल्लो पटक सन् २००६ मा प्रदर्शन भएको फिल्म ‘छिमेकी : समयको डोरी’ नामक फिल्ममा अभिनय गरेका थिए । यही नै उनको अन्तिम फिचर फिल्म बनेको छ ।
हास्य कलाकार तैयव शाहका अनुसार अभिनयकर्मलाई आफ्नो जीवनको मूलकर्म मान्ने उनी पछिल्लो समय आर्थिक र पारिवारिक व्यवस्थापनका निम्ति अमेरिका बस्दै आएका थिए । उनी र शिवहरि शर्मा ‘मुखा हानुजस्तो’ को जोडी एकताका निकै सफल र चर्चामा थियो । उनी चितवनका बासिन्दा थिए ।
उनले अभिनय गरेको टेली शृङ्खला चतुरेको दाउपेच बढी चर्कामा थियो । काठमाडौंस्थित फ्रान्सेली केन्द्रको सहयोगमा निर्मित अर्को टेली शृङ्खला बिना चिहानको मृत्युले पनि उनलाई चर्चामा ल्याएको थियो । गाइजात्रा प्रस्तुतिमा उनी शैलेन्द्र सिम्खडा, शिवहरि पौडेल, तैयव शाह, उत्तम केसीहरुको समूहमा आबद्ध हुने गरेका थिए
उनको निधनको खबरले यतिबेला मनोरञ्जन क्षेत्र शोकाकुल बनेको छ । कलाकारहरू सरोज खनाल, प्रेम राजा महत, शिवहरी पौडेल, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), मुकुन्द थापा, सुरवीर पण्डित, महादेव त्रिपाठी, मरिचमान श्रेष्ठलगायतले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest







































