साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीविका ‘अश्रु’को ‘आकाश मेरो पनि’ विमोचित

राष्ट्रिय जनसाहित्यिक संघ, नेपालको आयोजनामा सिक्किमेली स्रष्टा जीविका ‘अश्रु’को गजलसंग्रह ‘आकाश मेरो पनि’ शुक्रबार एक समारोहका बीच विमोचन गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०७९, पुस १ । राष्ट्रिय जनसाहित्यिक संघ, नेपालको आयोजनामा सिक्किमेली स्रष्टा जीविका ‘अश्रु’को गजलसंग्रह ‘आकाश मेरो पनि’ शुक्रबार एक समारोहका बीच विमोचन गरिएको छ ।

राम विनयको सभाध्यक्षतामा सम्पन्न समारोहको प्रमुख अतिथि जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी हुनुहन्थ्यो ।

कार्यक्रममा डा. देवी नेपालले कृतिको समीक्षा गर्दै संग्रह भित्रका गजलले जुनसुकै चुनौतीको सामना गर्न पनि सामथ्र्य रहेको बताउनु भयो । साथै गजल पूणर्तः आशावादी रहेको पनि उहाँले बताउनुभयो । गजलतर्फ बढेका पाइला अब नमोड्न पनि उहाँको आग्रह थियो ।

यस्तै विशिष्ट अतिथि स्नेह सायमिले साहित्यको सिमाना नहुने बताउँदै उहाँले नेपालकी चेली जीविका अश्रु सिक्किममा रहेर भाषा साहित्यको सेवामा अनवरत लागिरहेको बताउनु भयो ।

अर्का विशिष्ट अतिथि डेउडा गायक नन्दकृष्ण जोशीले आफूले कान्तिपुर रेडियो कार्यक्रममा वाचन गर्ने गरेका गजलको स्मरण गर्दै आज यहाँ पुस्तकाकारमा आएको कृति ‘आकाश मेरो पनि’ विमोचनको कार्यक्रम काठमाडौँमा भएको हुँदा यसले स्रष्टाहरूलाई एकै मालामा गाँसेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथिले जीविकाको साहित्यिक चेत संगीतमय छ, साथै जातीय विभेद हटाएर एकताबद्ध भएर रहने चेत भएका गजल छन् भन्नुभयो ।

कार्यक्रमको उद्घोषण ज्ञानु विद्रोहीले गर्नुभएको थियो । कार्यक्रमको संयोजन भने दीपेन्द्र बनेपालीले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x