साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीलाई लाज लाग्नु पर्ने हो !

जाबो भारतले उखेलेको एउटा पिलर पनि गाड्न नसक्ने हामी जाबो भारतले मिचेको एक बित्ता जमीन पनि फर्काउन नसक्ने हामी ।

Nepal Telecom ad

हामीलाई लाज लाग्नु पर्ने हो
तर हामीसँग लाज भन्ने जिनिस छैन !

जब गौरव गर्न लायक
केही काम गर्न सकिँदैन
या केही गरिएको हुँदैन
त्यसपछि मानिस
अतीततिर फर्कन्छ
प्रकृतितिर
जाततिर
या धर्मतिर फर्कन्छ
जुन कुरा उसले बनाएको होइन ।

जस्तो कि हामी
इतिहासतिर फर्कन्छौं र भन्ने गर्छौं-
हामी गौतम बुद्धको देशका नागरिक
अर्थात- ‘बुद्ध वाज बर्न इन नेपाल !’
न हामीले बुद्ध जन्माएको हो
न बुद्ध जन्मदा नेपाल थियो
न हामी बुद्धलाई
राम र कृष्णलाई जति मान्छौं
न बुद्धलाई बुद्ध जसरी बुझ्छौं
न सरकारी देउता मानेर पुज्छौं
तै पनि हामी भन्न छोड्दैनौं
‘बुद्ध वाज ……!’

हामी,
आफैले ढुङ्गा ओसारेर
हिउँ राखेर थाप्लामा
योजना बनाएर सरकारले
सगरमाथा बनाएको जसरी सोच्छौं
र भन्छौं-
‘विश्वको सर्वोच्च चुली,
सगरमाथाको देशका नागरिक हामी !’

सीता भेटिएकी रे सीतामाढीमा
उनी हुर्किएकी रे जनकपुरमा
बिहे गरेर गएकी रे अयोध्या
न तथ्य छ न अभिलेख
त्यो समय न नेपाल थियो न भारत
न सीतामाढी नै अहिले नेपालमा छ
तै पनि नाक फलाउँन छोड्दैनौं
र भनिरहन्छौं-
‘सीता माताका माइती
राम भगवानका ससुराली हामी !’

हाम्रो पौरखले बनेको
खै के छ हाम्रो गौरव ?
हाम्रो वुद्धिले रचेको
खै के छ हाम्रो शास्त्र ?
हाम्रो सग्लो पराक्रमले जितेको
खै कुन छ हाम्रो क्रान्ति ?
तै पनि हामी
विश्व विजेता जसरी कुर्लन्छौं ।

हामीसँग छ
बुद्धु भएकाले वीर भएको
गुलामी र सलामीले भरिएको
आफन्तले मलामी जान समेत नपाएको
गोर्खाली- गनगन
हामी त्यही गनगन गरिरहन्छौं
र भन्छौं-
‘हामी वीर गोर्खाली !’

हामी कोही,
हिन्दू भएकोमा गर्व गर्छौं
कोही, इस्लाम या अरु भएकोमा गर्व गर्छौ
हामी कोही,
बाहुन क्षेत्री भएकोमा गर्व गर्छौं
कोही अरु भएकोमा गर्व गर्छौं
जब कि, ती कुरा
हाम्रो वशभन्दा बाहिरका हुन् ।

हामीले कहिलै केही आविस्कार गरेनौं
केवल चमत्कार पुजेर
अनि चमत्कार पर्खेर बसिरह्यौं !
जाबो भारतले उखेलेको
एउटा पिलर पनि गाड्न नसक्ने हामी
जाबो भारतले मिचेको
एक बित्ता जमीन पनि फर्काउन नसक्ने हामी
जाबो भारतले थोपरेका
असमान सन्धिहरू वारे
एक शब्द बोल्न नसक्ने हामी
हामीलाई लाज लाग्नु पर्ने हो
हामीलाई मरौं मरौं लाग्नु पर्ने हो
हाम्रो छात्तीमा आगो बल्नु पर्ने हो

तर,
हिउँमा ढलेको
लमतन्न मुर्दा जसरी
शताब्दिको निद्रा सुत्ने हामी
कुन मुखले भनिरहेछौं-
‘हामी वीर गोर्खाली !’
‘बुद्ध वाज बर्न इन नेपाल !’
या यस्तै यस्तै फाल्तु कुरा ?

०००
२०७९ कार्तिक, २१
माइतीघर, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
फेरि पनि कमरेडकै कुरा

फेरि पनि कमरेडकै कुरा

बलराम तिमल्सिना
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
ऊ अर्थात ढाँटबहादुर !

ऊ अर्थात ढाँटबहादुर !

बलराम तिमल्सिना
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x