साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी र चुनाव

उता चुनावमा उठेका उम्मेदवारहरू शहरमा बसेका र विदेशमा रहेका आफ्ना समर्थकहरूलाई भोट हाल्न गाउँमा आउनु है भनेर फोन गरिरहेछन् ।

Nepal Telecom ad

– “एसएलसी परीक्षामा नेपालीमा कति नम्बर आएको थियो ?”
– “सतसाठ्ठी ।”
– “अनि, अङ्ग्रेजीमा नि ?”
– “बहत्तर ।”
– “त्यसो भए भाषाका विषय पढ्नु पर्ने त !”
– “मलाई इन्जिनियरिङ पढ्न मन लाग्यो ।”
– “स्कोर कति थियो ?”
– “दुईसय दस ।”
– “अचेल के गर्दै हुनुहुन्छ नि ?”
– “पत्रपत्रिका र पुस्तकको सम्पादन गर्छु । अनि साहित्य पनि लेख्छु ।”

– “घरको डिजाइन गर्ने, नक्शा बनाउने र सुपरभिजन गर्ने नगरेर किन यस्तो काम गर्नुभा त ?”
– “सत्ताईस वर्ष त गरियो नि ! अब कति गर्नु र हजुर ?”
– “लेखेर र सम्पादन गरेर के पाइन्छ ?”
– “अलिअलि नाम कमाइन्छ ।”
– “नाम कमाउने काम होइन, दाम कमाउने काम पो गर्नुपर्छ नि लाटा !”
– “स्वान्त सुखाय लेखिरहेछु, जीवन र जगत देखिरहेछु ।”
– “भो भो, डाइलग मार्नु पर्दैन । प्राविधिक काम गर्ने भए म मिलाइदिन्छु तर दिनहुँ आठ घन्टा फिल्डमा खटिनु पर्छ नि !”
– “भो अब ल्यापटपमा गर्ने काम मात्र गर्छु ।”

– “किताब निकालेर बेचे पो दाम आउँछ, फुटकर रचनाले त न नाम न दाम ।”
– “सोच्दैछु हजुर ।”
– “ल, म लाग्छु, कुनै दिन क्याफेमा कफी खाएर गफिनु पर्छ है ।”

बिदा भएर ऊ बाटो लाग्यो । अहिले अमेरिका पो पुगेछ । म चाहिँ नेपालभित्र घुमिरहेछु ।

उता चुनावमा उठेका उम्मेदवारहरू शहरमा बसेका र विदेशमा रहेका आफ्ना समर्थकहरूलाई भोट हाल्न गाउँमा आउनु है भनेर फोन गरिरहेछन् । म चाहिँ नेट अफ गरेर मज्जाले लेखिरहेछु । शुभ रात्री !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x