साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंको ज्यान रक्षा वारे जरुरी सूचना !!

जोरी खोज्न थाल्नु भयो भने भक्तहरूसँग मेरो लोकतान्त्रिक अधिकार हो भन्न थाल्नु भयो भने तपाईं कुनै पनि दिन शिकार बन्न सक्नु हुन्छ र यी हातहरूले तपाईंको नाममा "हार्दिक श्रध्दान्जली" लेख्नु पर्ने हुन सक्छ ।

Nepal Telecom ad

बलराम तिमल्सिना :

बाघको नजिक पर्नुस्
सर्पको नजिक पर्नुस्
बहुलाहा हात्तीको नजिक पर्नुस्
तर भक्तहरूको नजिक नपर्नुस् ।

पुरानाका होऊन या नयाँका
भक्तहरूका अगाडि कोही नपर्नू
कसैले भक्तहरूलाई प्रश्न नसोध्नू
भक्तका भगवानहरूको बिरोध
झन कसैले पनि नगर्नू
त्यस्तो गल्ति गर्नु भयो भने
तपाईको ज्यान जोखिममा पर्न सक्छ ।

कसै गरी तपाई महिला हो भने
भक्तहरूले तपाईंलाई
सामुहिक बलात्कारको धम्की दिन सक्छन्
सार्वजनिक बलात्कार गर्छौं भन्न सक्छन्
इनबक्समा तथानाम गालीको त कुरै नगर्नूस्
कसै गरी तपाईं दलित हो भने
या तपाईं मधेशी हो भने
तपाईंलाई मान्छे गन्ने छैनन्
कुकुरभन्दा तल राखेर
तपाईलाई गाली गर्ने छन् ।‌

भक्तहरू नयाँका होउन् कि पुरानाका
त्यसले केही फरक पर्ने छैन
स्वतन्त्र विवेक भएको मान्छे
कोही पनि भक्त बन्दैन
र जो भक्त बन्छ
उसको स्वतन्त्र विवेक हुँदैन
जोसँग स्वतन्त्र विवेक हुँदैन
ऊसँग जिस्किनु भनेको
ज्यान मात्रै जोखिममा पर्नु हुने छैन
इज्जत पनि जोखिममा पार्नु हुने छ ।

त्यसैले भक्तहरूको आतङ्कबाट बच्न
कि त हजुर हजुर भनिदिनोस्
कि त कान र आँखा थुनेर बस्नोस्
हैन तपाई प्रश्न गर्न थाल्नु भयो भने
जोरी खोज्न थाल्नु भयो भने भक्तहरूसँग
मेरो लोकतान्त्रिक अधिकार हो भन्न थाल्नु भयो भने
तपाईं कुनै पनि दिन शिकार बन्न सक्नु हुन्छ
र यी हातहरूले तपाईंको नाममा
“हार्दिक श्रध्दान्जली” लेख्नु पर्ने हुन सक्छ ।

०००
२०८२ माघ १६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
फेरि पनि कमरेडकै कुरा

फेरि पनि कमरेडकै कुरा

बलराम तिमल्सिना
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
ऊ अर्थात ढाँटबहादुर !

ऊ अर्थात ढाँटबहादुर !

बलराम तिमल्सिना
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x