साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्गान्तर ?

Nepal Telecom ad

 height=आउनुहोस् !
हामी सँगै यात्रा गरौँ
म सिट छोडी दिउँला । {{read_more}}

के रे ?
प्रतिष्ठाले दिँदैन रे !
हामी सर्वसाधारण होइन रे !
अभिवादन कमरेड !
जय नेपाल दाइ !
वाँ हजुर त पहिलेदेखि राष्ट्रवादी माया
सामन्तवादको छायाँ ।
तर हजुर आउनहोस् 
एकैछिन सँगै सार्वजनिक यात्रा गरौँ
म सिट छोडी दिउँला ।

हो नि हजुर !
हजुरले त कार किन्नु भो
ठूलाठूला मान्छे चिन्नु भो
ठेकेदारी गर्नु भो
जग्गा दलालमा पर्नु भो
जनप्रतिनिधि बन्दै
ढुङ्गा गिटी बालुवाको चारो छर्नु भो
तर हामी अझै पनि
कोचिएर यात्रा गर्दैछौँ
कोत्रिएका बाटाहरूमा
थोत्रिएका गाडीहरूमा
ज्यान हत्केलामा राखी
जोल्टिङको स्वाद भर्दैछौँ
त्यसैले हजुर !
एकैछिन सार्वजनिक यात्रा गरौँ
म सिट छोडी दिउँला ।

विकाश पनि नभएको होइन
परिवर्तन पनि नआएको होइन
चोकचोकमा स्कूलहरू छन्
सार्वजनिक स्कूलमा रित्ता डेस्कबेन्च पढ्छन्
सार्वजनिक सडकहरूमा
रित्ता सरकारी र निजी गाडीहरू खचाखच गुड्छन्
सार्वजनिक बसहरूमा खुट्टा राख्ने ठाउँ छैन
त्यसैले हजुर
एकैदिन भए पनि सार्वजनिक यात्रा गरौँ
म सिट छोडी दिउँला ।

नब्बे सालदेखि पर्खिएका जुजुमानहरू
हरेक सत्ताले पोसिएका सिंहदरबारका सानहरूबाट
सँधै अपहेलित छन्
तिरस्कारको तिते करेला मर्मर चपाएर
हरेक पल्टको परिवर्तनको आश्वासन पत्याउँछन्
एउटा आउँछ
उसैलाई हुत्याएर सडकमा ल्याउँछ
जङ्गलमा बन्दुक बोकाउँछ

त्यो नेता
उसैको ढाडमा चढेर
सत्ता प्राप्तिको गीत गाउँछ
फेरि अर्को जङ्गल जान्छ
उसैलाई बोका बनाउँछ
यसै गरि प्राप्त सत्ताको हजुर अधिकारी
सुविधा त हजुरकै मारामारी
तर पनि सुविधाको सान छोडेर
एकैछिन सार्वजनिक यात्रा गरौँ
म सिट छोडीदिउँला ।

गौरादह, झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x