साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोही नेता नेतामै सीमित भए

Nepal Telecom ad

कोही नेता मारिए, मरे height=
कोही नेता जीवित भए
कोही नेता गए, सिद्धिए {{read_more}}
कोही परिपूर्ण निर्मित भए
कोही नेता श्री ३ श्री ५
हजूर बक्सियोस् ख्वामित भए
तर दुख के लाग्छ भने
कोही नेता नेतामै सीमित भए ।

मौका र पद पाउने नेता 
‘गाउँले’ छोडे ‘शहरे’ भए
उजाडिएका पाखा लागेका नेता
ख्याप्प सुकेर खहरे भए
कोही नेता पैदलबाट सोझै
करोड करोडमा चढ्ने भए
कोही नेता असिना पसिना भइ
खाली पैताला मै अड्ने भए

अरूले बालिदिएकै उज्यालोमा
कोही नेताले जुँगामा ताउ लगाए 
देशको हितमा खबरदारी गर्दै
कोही नेताले आफ्नै ज्यान दाउ लगाए
संगसंगै आन्दोलन गरेको संम्झेर 
कोही नेताले छातीमा घाउ लगाए
भुँडी बडाउने पहिरन सजाउनेले
तिनलाई धाउन लाएर झ्याउ लगाए

कोही नेताको बाङ्गोटिङ्गो प्रगति देखेर
कोही नेता आश्चर्य चकित भए
जनताको लागि केही गरौँ भन्ने नेता 
केही सीप नलागि थकित भए
कोही नेता धन धान्य, गण्यमान्य
पदै पदले अलङ्कृृत भए
तर दुख के लाग्छ भने
कोही नेता नेतामै सीमित भए ।

लस एन्जेलस
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x