निर्मल पराजुलीआज फेरि अर्को अभिमन्यू ढल्यो

सुखद अनुभूतिको लालीमा
प्रतिक्षाले
मुहार पोतिदिँदा {{read_more}}
खुशीका छालहरू
तैरिन थाल्छन्
हर्षका खहरेहरू
बग्न थाल्छन्
ममता रुपी
स्नेहको आँगनमा,
मौनता भङ्ग गर्दै
नौ महिने
अन्धकारको जालो
उघार्दै
कलियुगको
चक्रब्यूह तोड्न
एउटा अर्को अभिमन्यूको
जन्म हुन्छ
पहिलो चक्रब्यूह तोड्नु छ
उस्ले
त्यही कोखको
जसबाट उस्ले
यो खुल्ला आकाश मुनि
अवतरण गरेको छ
लड्नु छ
आफ्नै जननीको
सोच बिरुद्ध
अब चक्रब्यूह यसरी बुनिन्छ
छोराको बाबा
छोरालाई भोक लाग्ने बेला भयो
बजारबाट दुध ल्याई दिनुस्
आँखा पनि पुरै न उघ्रिएको
अबोध बालकको
अनुहार खुम्चियो
मानौ
उस्ले केही कुरा बुझ्यो
तर
बुझेर मात्र के गर्ने
सामर्थता छैन बोल्ने
आडम्बरको खोल ओडेकी
भर्खरै कोख भरिएकी
पूर्ण नारी भन्न रुचाउने
कलि युग कि जननीले
अप्राकृतिक दुध
अनी प्लास्टिकको दुध दानी
बालकको मुखमा राखिदीईन
त्यो प्लास्टिकमा
शायद
अपनत्व भेटेन
ममताको न्यानो स्पर्स
अनुभूत गर्न सकेन
मुखबाट दुध दानी
बाहिर फालिदियो
बिस्तारै उस्का आँखा उघ्रिए
चारै दिशा नयन घुमायो
लाग्छ , कसैलाई खोजिरहेछ
एउटा बिम्बमा
उस्का नयन टक्क अडिए
त्यो बिम्ब सङ्ग उ परीचित छ
नौ महिना गर्भमा रहदाँ
बारम्बार सुम्सुमाउने
अपन्त्व देखाउने मानिस
चिन्यो उस्ले
उस्का ओठहरू
चलायमान हुन थाले
लाग्थ्यो उ केही भन्दैछ
बाबा ….
मलाई बट्टाको दुध होइन
आमाको
हृदयका अन्तर कुन्तरमा सिर्जित
अमृत चाहिन्छ
म आमाको स्तनपान गर्न चाहन्छु
मैले धेरै चक्रब्यूहरू
तोड्नु छ
कलियुगका कङ्स र रावणका
अत्याचारको जालो
च्यात्नु छ , अनी
दुई आँखाबाट
शान्तीको ज्योति छरेर
सत्य युगको स्थापना गर्नु छ
शायद ऊ के के भन्न चाहन्थ्यो
तर
एउटा आवाज गुन्जियो
छोरा
तिमीलाई स्तन पान गराउँदा
तिम्री आमाको सौन्दर्य बिग्रन्छ
आफ्नै आमाको चक्रब्युहमा
परेर
आज फेरि
अर्को अभिमन्यू ढल्यो !!!
Subscribe
Login
0 Comments
Oldest






































