साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खबरदार कविहरू !

Nepal Telecom ad

बरु जून उदाएको लेख height=
बरु घाम अस्ताएको लेख
बरु हावा चलेको लेख {{read_more}}
बरु पात झरेको लेख
बादल गर्जेको लेख
पानी दर्केको लेख
चट्याङ परेको लेख
घर भत्केको लेख
बरु धरती भासिएको लेख
बरु वन मासिएको लेख
तर खबरदार कविहरू !
बलात्कार र हत्याको बारेमा कविता नलेख ।

बरु स्याल कराएको लेख
बरु कुखुरा हराएको लेख
बरु लुतो कन्याएको लेख
बरु जुम्रा मारेको लेख
पिकनिक गएको लेख
तास खेलेको लेख
रक्सी खाएको लेख
झगडा गरेको लेख
बरु सिनेमा हेरेको लेख
बरु कपडा किनेको लेख
तर खबरदार कविहरू !
बलात्कार र हत्याको बारेमा कविता नलेख ।

बरु भैँसीले पाडो पाएको लेख
बरु संघीयता देशलाई घाँडो भएको लेख
बरु जात्रामा गीत गाएको लेख
बरु साहिँलीसँग प्रित लाएको लेख
सरले गाला चड्काएको लेख
विद्रोहीले बम पड्काएको लेख
महङ्गी बढेको लेख
लोखर्के रुख चढेको लेख
बरु कुकुर भुकेको लेख
बरु खरायो दौडेको लेख
तर खबरदार कविहरू !
बलात्कार र हत्याको बारेमा कविता नलेख ।

बलात्कार त अन्त पनि हुन्छ
हत्या त अन्त पनि हुन्छ
भ्रष्टाचार त अन्त पनि हुन्छ
दुराचार त अन्त पनि हुन्छ
यो खासै ठूलो कुरा होइन
यो उठाउनुपर्ने मुद्दा होइन
हाम्रो निन्द्रा बिथोल्ने काम नगर
हामीलाई उठीबास लाउने काम नगर
बरु रोटी पकाएको लेख
बरु चङ्गा उडाएको लेख
तर खबरदार कविहरू !
बलात्कार र हत्याको बारेमा कविता नलेख ।
हेटाैडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x