वासुदेव पाण्डेयपचायो लाज मान्छेले
.jpg)
सबै सीमा मिची गर्छन् उधारो राज मान्छेले.jpg)
सधैं निर्लज्ज देखिन्छन् पचायो लाज मान्छेले {{read_more}}
कुराले विश्व हाँक्ने ऊ नभाँच्ने हातले सिन्को
छ बिग्रेको हिजोभन्दा ग(यो के काज मान्छेले
हिजोको हो फिरन्ते ऊ घुमी हिँड्थ्यो सिकारीझैं
छ उस्तै ’चन्द्रमा टेकी’ ग(यो के आज मान्छेले
लडी मिल्छन् अरू प्राणी,सधैं जो पार्छ पासोमा
’विवेकी’ जीव हो भन्ने लगायो ताज मान्छेले
मिठो मुस्कानको पासो करौंती बोक्न थालेछन्
परेवा थुन्नमा लाग्यो, छुटायो बाज मान्छेले ।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































