साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होलीवाइन ?

Nepal Telecom ad

आधुनिकताको लागि म उसका height=
फाटेका थोत्रा जिन्सहरू किन्छु
जिन्दगी छोटो छ हरेक पल म {{read_more}}
विश्वभोगका लागि हिन्छु
धर्म परिवर्तन त भातका लागि हो हजुर !
कसैले गोजी भरिदिन्छ भने
होली वाइन त के 
बीष पनि पिइदिन्छु ।

म भौतिकवादी हुँ
मेरो अर्को लोक छैन
बाँचुन्जेल मस्ती गर्नु
भन्दा अर्को भोक छैन
हातभरि डलर बोकी कोहि बहुलाउँछ भने
मलाई पनि मोजमस्तीको पोका बाँड्दै आउँछ भने
कृष्ण नामको थोत्रो आस्था पर्दाभित्र सिइदिन्छु
होलीवाइन मात्रै किन बिषै पनि पिइदिन्छु ।

परत्रमा केहि छैन मेरो लागि यहिँ नै हो
जसरी नै सुख भोगी जिन्दगीमा जीउँनु हो
कुकुर भुक्छ हात्ती हिन्छ काग कराउँछ सुक्छ पिना
कस्लाई सुख हुँदो रै छ आखिरीमा पैसाबिना
भगवान हुँ भन्दै आउँछ भने विश्वास दिइदिन्छु
होलीवाइन मात्रै किन बिषै पनि पिइदिन्छु ।

राजनीति र बन्धब्यापार पद र पैसा लागि रै’छ
ठेकेदारी कमिसनमा कोहिकतै जागी रै’छ
धर्म आस्था समाज सेवा देखाउँने दाँत मात्रै
आरक्षण र इग्डम तिग्डम अघि बढ्ने जात मात्रै
यस्ता उस्ता सवैकुरा मैले पनि बुझेको छु
अवसरको लागि सबै पर्व मूर्ती पुजेको छु
मलाई मस्ती मिल्छ भने सबै प्रसाद लिइदिन्छु
होलीवाइन मात्रै किन बिषै पनि पिइदिन्छु ।

आत्म सुख भन्दा ठूलो कहिं अर्को धर्म छैन
पद पैसा र पावर भन्दा मिठो अर्को कर्म छैन
त्यस्तै बुझेँ लागेँ पछि बिराएँ र के नै मैले
नपाउँने कराउँदैछन् विसन्तोक छैन ऐले
बाँच्ने एउटा जिन्दगी हो यसरी नै जिइदिन्छु
होलीवाइन मात्रै किन बिषै पनि पिइदिन्छु ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x