सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होलीवाइन ?

Nepal Telecom ad

आधुनिकताको लागि म उसका height=
फाटेका थोत्रा जिन्सहरू किन्छु
जिन्दगी छोटो छ हरेक पल म {{read_more}}
विश्वभोगका लागि हिन्छु
धर्म परिवर्तन त भातका लागि हो हजुर !
कसैले गोजी भरिदिन्छ भने
होली वाइन त के 
बीष पनि पिइदिन्छु ।

म भौतिकवादी हुँ
मेरो अर्को लोक छैन
बाँचुन्जेल मस्ती गर्नु
भन्दा अर्को भोक छैन
हातभरि डलर बोकी कोहि बहुलाउँछ भने
मलाई पनि मोजमस्तीको पोका बाँड्दै आउँछ भने
कृष्ण नामको थोत्रो आस्था पर्दाभित्र सिइदिन्छु
होलीवाइन मात्रै किन बिषै पनि पिइदिन्छु ।

परत्रमा केहि छैन मेरो लागि यहिँ नै हो
जसरी नै सुख भोगी जिन्दगीमा जीउँनु हो
कुकुर भुक्छ हात्ती हिन्छ काग कराउँछ सुक्छ पिना
कस्लाई सुख हुँदो रै छ आखिरीमा पैसाबिना
भगवान हुँ भन्दै आउँछ भने विश्वास दिइदिन्छु
होलीवाइन मात्रै किन बिषै पनि पिइदिन्छु ।

राजनीति र बन्धब्यापार पद र पैसा लागि रै’छ
ठेकेदारी कमिसनमा कोहिकतै जागी रै’छ
धर्म आस्था समाज सेवा देखाउँने दाँत मात्रै
आरक्षण र इग्डम तिग्डम अघि बढ्ने जात मात्रै
यस्ता उस्ता सवैकुरा मैले पनि बुझेको छु
अवसरको लागि सबै पर्व मूर्ती पुजेको छु
मलाई मस्ती मिल्छ भने सबै प्रसाद लिइदिन्छु
होलीवाइन मात्रै किन बिषै पनि पिइदिन्छु ।

आत्म सुख भन्दा ठूलो कहिं अर्को धर्म छैन
पद पैसा र पावर भन्दा मिठो अर्को कर्म छैन
त्यस्तै बुझेँ लागेँ पछि बिराएँ र के नै मैले
नपाउँने कराउँदैछन् विसन्तोक छैन ऐले
बाँच्ने एउटा जिन्दगी हो यसरी नै जिइदिन्छु
होलीवाइन मात्रै किन बिषै पनि पिइदिन्छु ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)