साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य लेख्नु भो हजुर ?

अहिलेको यो घनघोर अवस्थालाई म बुद्धुले यो व्यङ्ग्य लेखेर कसलाई के सम्झाउनु ? देश मेरै हो, केश मेरै हो आफ्‌नै देश उधारेर र आफ्‌नै केश जगल्ट्याएर के व्यङ्ग्य गर्नु हजुर ?

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

हजुर व्यङ्ग्य कसरी लेख्ने ?
व्यङ्ग्य लेख्छु तर लेख्नलाई अलि समय छैन । उज्यालो नहुँदै कानमा मोवाईल नझुण्ड्याए वा फोन नगरे दुधवाली कोठामा आइपुग्छिन् । पल्लो घरको साइँलो हत्तनपत्त टाउको कन्याउदै चारघडी बिहान नहुँदै खाक्कखुक्क खोकेर असन जाने तर्खर गर्छ । मोवाइलकै सहारामा तरकारी केलाएर खर्पनमा राखी बुकुर्सी मारेर असन पुग्छ र चिसो भुइँ कब्जा गर्छ । असनका साहुजी खासाका कपडा व्यापारी खाटमुन्तिरका खत्र्याङखुत्रुक लिएर बजार हाम्फाल्छन् । महाबौद्ध र वीरहस्पिटलतिरका सडक बत्तीका गुलुपहरू हतपति बल्ने गरेको देखिन्न । कथमकदाचित् बलिहाले पनि भ्याट बल्ने त हो नि ? उनीहरू बल्न पनि ठूलठुला हत्याकाण्डमा जन्मकैद जेल परेकालाई छुटाउने दिन वा सरकारले नागरिकलाई अनाहकमा वलिदान हुन वाध्य पारेको दिनको सम्झना गरि पिल्लिक्क हुने गरेका छन् । आममाफी मिन्हा नदिनुपर्नेलाई दिँदा मनमा चिसो परिरहेको बेला के व्यङ्ग्य लेख्ने हजुर ?

मेरै बाबुले जापानमा पुगेर जलपान गर्ने डलरसमेत कमाउन नसेकेको थाहा पाउँदा मैले के व्यङ्ग्य लेख्नु त हजुर ? त्यहाँ त पाँच डलर नभए थुक्न पनि पाइन्न । फेरि नेपालीको लागि त एक डलर पनि महत्वपूर्ण हुन पुग्छ । बरु आफूले कमाएको एक डलर भन्दा त फोगटमा पाएको पाँच डलरको मूल्य थाहा नपाउने महानुभाव वारे मैले खै के भनुँ ? मै नाथेलाई समाजले के चित्रण गरेको होला ? त्यसैले मैले व्यङ्ग्य लेख्ने दुष्कर्म किन गरुँ हजुर ?

विदेशी कति इमान्दर र निर्भिक छन् । आफ्‌नो देशमा थुक्न छाडी प्लेन चढेर हाम्रो भूमिमा आउँछन् र कृति राख्ने यात्रा गर्दछन् । हामी लण्ठुहरू उता गए आची गर्न पनि जान्दैनौँ । आधुनिक कलधारा छन् कता बटारे कता के हुने हो बुझ्‌न गाह्रो हुन्छ । एक पटक म अवकाश भएपछि अस्ट्रेलिया पुगँे सिड्नी सिटीमा । आफू त जंगलीजस्तो खुट्टै नटेकिने । ट्रेनमा पुस्तक पढ्ने, फेसनको विविध मोडेलमा सिँगारपटार गरिरहन मिल्ने तर हाम्‌ो सक्कली आँखाले हेर्न भने नमिल्ने । विकाशित यो चालचलनमा हाफपाइन्ट र हातमा पाउरोटी अनिवार्य छ । साहित्यमा यस्ता दृश्य कसरी उतार्ने हो हजुर ?

एउटा ठालुले महिनौ दिनसम्म सडक माझ घरकै निजी ग्यारेजझै कारलाई जाडो होला भनेर सिरकले छोपछाप गरिकन पार्किग गरेको देख्दा धेरै समय वास्ता नगरि गुपचुमै बसेँ । पहिला त मेरै घडेरीमा जग नहाल्दा रायो र मुला बेचेर भान्सा धानेको थिए । म उहाँजस्तो कहा सम्पन्न थिएँ र ? डेरामा पनि पानी चुहिँदा बाटा हाल्टिनमा पानी थापेर आनन्दले दिन कटाएथेँ । तल्लाघरे पल्लाघरे कोकसले के के चियोचर्चो गरे । जुरुक्क उठ्दा देखिने अहिले उनको चुचुरो घर धुरीले पल्लो टोलको पुरीको धुुरी पनि छेकिने भयो । तल्लो गल्लीमा एक वेपारीले भैसी किनेछन् । दुध बेच्न होइन घिच्न । उनले पनि गोठ सडकमै राखे । दुधको चौरासी व्यन्जन खाने साउ । हात्ति किनेर हात्तीसार बनाउन नसक्ने साहु र उनमा के फरक भो त ? म अवकाशप्राप्त कर्मचारी कसरी व्यङ्ग्यमा के खोल हालेर लेखुँ हजुर !

व्यङ्ग्य लेखन त थोरै व्यङ्ग्य धेरै हास्यपूर्ण तथ्य नभए डरलाग्दो नङ्ग्राले चिथोरेर व्यङ्ग्यकथा बनाउनु पर्छ । नङ र नङ्ग्रा एउटै आमाका सन्तान हुन् । त्यस्तै व्यङ्ग्य र व्यङ्ग्यकार एउटै हुन् । त्यसैले व्यङ्ग्यकारले व्यङ्ग्य छिचोल्नु उचित हुन्छ । नगर महानगरको बजेट हुन्छ तर भएर क्यार्नु ? बजेट किन्न होइन फोहर हटाउन खर्च गरे भइ त हाल्थ्यो । नामै नगर भएपछि के गर्थ्यो त ! सडक कुकुर खोजी खोजी भात खुवाउने महोदयहरु पनि छन् । नगरले आफ्‌नो बजेट त्यता देखाउँदैन । बरू कुत्तेका दाना भनेर छुट्याएको बजेट पिक्निकतिर रामरमाइलोमा खर्चिन्छन् । आफ्‌नै जुत्ताको तुना कोटको टाँक झरेको थाहा नपाउने सनकबहादुरको बाउ म । कसैले भकुण्डे बेसीका भकुण्डोजत्रो मेरै टाउकामा लौरो बजाउदा मेरो व्यङ्ग्य ठहरै भयो । अब भन्नुहोस् मेरो व्यङ्ग्य कुन हतियार हो र यार !

व्यङ्ग्य लेखन भनेको होमलेस मानिसजस्तो हो । व्यङ्ग्य भनेजस्तो लेखन सजिलो छैन । जटिल पनि हो । जटिल छैन पनि । संस्कृतमा एउटा भनाइ छ– आत्माना सतत् रक्षदा रैरपी । आत्मरक्षा हर घडी हामीले गर्नॅ पर्छ । सिपी कौडी र शंखकीरा समुन्द्रले पेलेर किनारमा फाल्दिए पनि उनीहरू पाखामा मिलेरै बस्ने गर्छन् । त्यसैले म त व्यङ्ग्य गर्नेलाई नमस्कार एकपटक होइन दश पटक गर्छु !

एउटा गाउँमा चैतमा धनीमानीले मकै छरेछन् । वैशाखमा कसैले लुटेर खाइदियो भनी नालिस गरेछन् । एक महिनामा मकै कतै फल्दैन । यस्तोे झुटो नालिस पनि एउटा व्यङ्ग्य हो । यस्ताहरूकै कारणले आफ्‌नै जीवनमा अनगिन्ती व्यङ्ग्यको पात्र म पनि बनेको छु । हेर्नुस्‌– मलाई साहित्यिक धन्दामा व्यङ्ग्य लेखन भन्दा खोरियामा बस्ने खँदालले खरबारी खनायो । खनायोका बोटमुनि खोस्रेर खुरुक्क खर्सेताका स्याउला टिपेको मलाई औधी मन पर्छ । बरु कनिका केलाउन र तरकारी केलाउन गाह्रो छैन । तोरी र कोदो छुटयाउन सजिलो होला, व्यङ्ग्य लेख्न गाह्रो छ ।

हामीले बेलाबेला बेबी सावर गर्दै दरवारमा लेवी तिर्छौ । परिआएका बेला विविध अर्थ दिने कमेडी दरवार पनि आफ्‌नो व्यवसायको कथा सुनाउन टिकट काट्न लगाउँछ । हामी हेर्न भिडमभिड गरेर पुग्छौँ । समाजका होचिअर्गेली बाहिर भन्दा झ्याल ढोका र खापा कब्जा बन्द गरेर बाहिर ल्याउन सके पो व्यङ्ग्य हुन्छ । अनि हजुर म के व्यङ्ग्य लेखूँ ?
अवकाश लिइसकेका कर्मचारी बाहिर लुखुरलुखर गरेको धेरै देखिन्छ । म पनि त्यहि अवस्थामा आइपुगेको छु । छोराले घर सम्हाल्न चिन्तन नगरे मैले व्यङ्ग्य लेख्नु पनि बेकार छ । बाउआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन डलरमाथि हुने गरेको अहिलेको यो घनघोर अवस्थालाई म बुद्धुले यो व्यङ्ग्य लेखेर कसलाई के सम्झाउनु ? देश मेरै हो, केश मेरै हो आफ्‌नै देश उधारेर र आफ्‌नै केश जगल्ट्याएर के व्यङ्ग्य गर्नु हजुर ?

०००
तुप्चे, नुवाकोट । हाल– चमती, काठमाडौं
शीघ्र प्रकाशोन्मुख हास्व्यङ्ग्यसङ्ग्रह ‘टेढो नजर’बाट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
कबीन्द्रप्रसाद पौड्याल
कबीन्द्रप्रसाद पौड्याल
1 month ago

“ब्यङ्ग लेख्नु भयो हजुर?” शिर्षकबाटै हास्य–व्यङ्ग्यको सुरुवात भएको यो रचना पढियो । आफूले लेखेर पाठकलाई पढ्नु भो नभनी कन लेख्नुभो भन्ने अर्कै प्रश्नबाट शुरु गर्ने शैली राम्रो लाग्यो ।
मैले लेखेको थिइन, “तपाईंले लेख्नुभयो” भनेर गरेको “मखमली व्यङ्ग्य”लाई “स्नेहपूर्ण ठट्टा” भनेर बुझ्नेछु ।
“तपाईंमा पनि हास्य व्यङ्ग्य लेख्ने क्षमता छ, लेख्नुस” भनी लेख्न हौस्याएको जस्तो महसुस भयो । पढ्नैपर्छ भनी मुस्कानसहित सुरु गरें । समग्रमा “निकै उत्कृष्ट!”

Nepal Telecom ad
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
1
0
Would love your thoughts, please comment.x
()
x