साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन अरुको नाममा

आफू बाँच्ने चाहनाले आफ्नो आयु लम्ब्याउन चाहनेहरु सबै यस्तै सोच्ने गर्छन् बाँच्छन् आफू तर अरुको नाममा ।

Nepal Telecom ad

गोबर्धन पूजा :

पाँचवर्ष अघि म मरेको भए
म कसैको पति बन्न पाउने थिइन
मेरो बिहेको भोज खान चाहनेहरुको इच्छा अधुरै रहने थियो
उनीहरुको बधाइको बारी बाँझै रहने थियो

तीन बर्ष अघि म मरेको भए
मेरो बंश बिनास हुने थियो
पत्नीले बिधवाको जीवन बाच्नु पर्ने हुन्थ्यो
बूढी आमाको नाती खेलाउने चाहना तुहिन्थ्यो

आज म खुशी छु
म बाच्न पाएकोमा
तर शंका लाग्छ
भरिएको बेलुनबाट हावा निस्किए झै
शरीरबाट स्वास बाहिरियो भने
एक जना बालकले टुहुरोको नाम पाउने छ
एकजना महिलाको सिउँदोबाट सिन्दुर हराउने छ
खोसिने छ कसैको बूढेसकालको सपना

उफ
म अहिले मर्न हुँदैन
कसैगरी पनि मर्न हुँदैन
मेरा आफन्ताका लागि भए पनि
म बाँच्नु पर्छ

आफू बाच्ने चाहनाले आफ्नो आयु लम्ब्याउन चाहनेहरु
सबै यस्तै सोच्ने गर्छन्
बाँच्छन् आफू तर अरुको नाममा ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवि र बुद्ध

कवि र बुद्ध

गोवर्द्धन पूजा
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x