साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

प्रताप ढल्छ वृद्धको विचार लत्तियो भने । समाप्त हुन्छ वृद्धको बुझेन भावना भने ।। नपार चोट वृद्धमा मनुष्य पुत्र हो बुझ । म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।

Nepal Telecom ad

कविराज घिमिरे :

जवानबाट जन्मिएँ र वृद्धबाट हुर्किएँ ।
लडीबडी गरेर काख पाउँदा म फुर्किएँ ।।
अहा ! कमाल वृद्धको छ प्रेम वृक्ष मौजुद ।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।१

छ भोक प्यास के भनी म दूरमा रहेँ भने
झसङ्ङ हुन्छु वृद्धका विचार बिर्सिएँ भने ।
सिकाँउदै हिँडे सधैँ विपत् हुँदा तिमी जुध ।।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।२

कहाली लाग्छ एकलै म बस्न बाँच्न सक्तिनँ ।
बिनामियो घुमूँ भने म डेग नाप्न सक्तिनँ ।।
अगाडि जून घाम छन् पछाडि शून्यको बुँद ।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।३

पवित्र धाम वृद्ध हुन् गरौँ सदैव आदर ।
जहाँ छ बास वृद्धको त्यही हुनेछ मन्दिर ।।
अखण्ड तेज हुन् यिनी अनन्तसम्म साबुद ।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।४

प्रताप ढल्छ वृद्धको विचार लत्तियो भने ।
समाप्त हुन्छ वृद्धको बुझेन भावना भने ।।
नपार चोट वृद्धमा मनुष्य पुत्र हो बुझ ।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x