साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्यकारको ठेगाना

एउटा घरमा लेखेको फेला पार्यो – व्यङ्ग्यकार कुञ्ज । खुसी हुँदै ढोकामा के पुगेको थियो, उसले देख्यो एउटा बोर्ड – व्यङ्ग्यकार फलानो हराएको सूचना । भेट्टाउनेलाई उचित पुरस्कार ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

भख्खर जन्मेको एउटा व्यङ्ग्यकारले वरिष्ठ व्यङ्ग्यकारको ठेगाना पत्ता लगायो । पत्ता तेसै लागेको होइन । पत्ता लगाउन उसले बेपत्तासित युद्धस्तरमा मेहनत गरेको थियो । अनलाइन, फेकबुक, प्रकाशित कृति, फेकबुके मित्र सबैतिर खोज्दा बल्ल उसले वरिष्ठ व्यङ्ग्यकारको ठेगाना आविष्कार गर्न सकेको थियो ।

कति जुग बितिसकेको एउटा ऐतिहासिक रचनामा वरिष्ठ व्यङ्ग्यकारको ठेगाना भेटिएको थियो । त्यसै ठेगानामा ऊ एउटा चाडकै दिन पुग्यो ठाँटिएर । आफूले जानेको र मानेको साहित्यकार त देउता सरह हुन्छ र देउताको घर मन्दिर । गाउँमा एक जनालाई सोध्यो – फलानो व्यङ्ग्यकारको घर कुन हो ?

मेरो बाउलाई नि था नभा कुरो मलाई सोध्छस्, दिउँ दनक ?– नवव्यङ्ग्यकारको कानमा ठोक्कियो जवाफ ।

एकाबिहानै लर्बरिएको बोली र अररिएको मनुवाको दर्शनले बिहानले दिन राम्रो हुने संकेत पायो । अलिक पर एक महिलालाई देखेपछि सोध्यो – व्यङ्ग्यकार फलानोलाई चिन्नुहुन्छ ?

म आफ्नो श्रीमान्लाई त चिन्दिनँ, तिमी चिन्छौ ? – जवाफमा आएको प्रश्नले उसलाई पागल भएको अनुभूति गरायो । भागूँ कि लुकूँ भन्ने दोधारमा लुत्ते कुकुरले टाङमुनि पुच्छर लुकाएझैँ आफ्नो गर्वलाई तुहाउँदै गाउँबाट बाहिरिन खोज्यो लुसुक्क ।

एउटा घरमा लेखेको फेला पार्यो – व्यङ्ग्यकार कुञ्ज । खुसी हुँदै ढोकामा के पुगेको थियो, उसले देख्यो एउटा बोर्ड – व्यङ्ग्यकार फलानो हराएको सूचना । भेट्टाउनेलाई उचित पुरस्कार ।

नवव्यङ्ग्यकारले आफ्नो घरको बाटो ततायो । वरिष्ठ व्यङ्ग्यकार बार्दलीमा बसेर चिया पिइरहेको थियो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x