साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना आसन्न चाडपर्वहरूको

जोतिएर जम्मा गरेको पैसा एक महिनामा नसक्नोस्, पख्नोस् चाड जान्छ, काल आउँदैन त्यसैले पछिका लागि पनि साँच्नुपर्छ किनकि तपाईं अर्को चाडका लागि पनि त बाँच्नुपर्छ !

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

शुभकामना आम नेपालीहरूमा
आसन्न बडा दसैँ, तिहार र छठको
विदेसिएका छोराहरू आफ्नै खुट्टाले हिँडेर घर आउन् र,
आउँदा श्रीमतीलाई साडी,
छोरीलाई मोबाइल र छोरालाई ल्यापटप मात्र हैन
वृद्ध बाआमालाई एक पाकेट मिठाई पनि ल्याउन् ।

केवल चाडपर्व मनाउनकै लागि
चर्को व्याजदरमा कर्जा काढ्ने र
छिमेकीलाई देखाइछाड्ने बुद्धि नलागोस्
भुँडीमा ठिक्क जाओस् बढी भएर
तलमाथि दुवैतिरबाट एकसाथ नआओस् ।

आधुनिकताको नाउँमा, सन्तानले
नयाँ पाईन्ट नकाटुन् स्कुल जान्छु भन्दै
डेटिङ् गएर नढाँटून्
जुवाको खालबाट समातेर पुलिसले नलगोस्
साथीले सम्साँझै भट्टीमा जाउँ पनि नभनोस्
बरु चाडपर्व भरि घरै भट्टी बनोस्
टीकाको दिन आफन्तकहाँ सूतक परोस्
त्यति नभए कसैले नेपाल बन्द गरोस्
जे भए पनि टीकाको टन्टा र,
लावालस्कर बोकेर नाता सोझ्याउँदै
घरघर जानुपर्ने लन्ठाबाट मुक्ति मिलोस् ।

अन्त्यमा पुनः एकपटक,
शुभकामना आम नेपालीहरूमा आसन्न
बडा दसैँ, तिहार र छठको आउनुस् !
जमघट गराउनोस् भोज लगाउनोस्,
मोज गर्नोस् तर एघार महिना गोरु झै
जोतिएर जम्मा गरेको पैसा
एक महिनामा नसक्नोस्,
पख्नोस् चाड जान्छ, काल आउँदैन
त्यसैले पछिका लागि पनि साँच्नुपर्छ
किनकि तपाईं अर्को चाडका लागि पनि त बाँच्नुपर्छ !

०००
मैले जिउन जानिनँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x