साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवेक बुद्धिमा चलुन्, बनेर वृद्ध तारक

मनुष्यका दिमागमा, तरङ्ग धेर चल्दछन् । छ भ्रष्ट नीति राज्यमा, भने विकार बढ्दछन् ।। मनुष्य आज गेहको, सकेन बन्न चारक । विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

अनेक जालझेलका, कुरा गरेर हुन्छ के ?
विभिन्न दाउपेचका, दफा रचेर हुन्छ के ??
बनून् समस्त वृद्ध ती, सिपालु उच्च साधक ।
विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक ।। -१

घमन्ड लोभ लालसा, लिएर चल्नु व्यर्थ हो ।
म मात्र योग्य श्रेष्ठको, भनेर हिँड्नु दम्भ हो ।।
युवा र शिल्प सोचका, हुँदैन बन्नु घातक ।
विवेक बुद्धिमा चलून् , बनेर वृद्ध तारक ।। -२

अघोर काल निम्तियो, डटेर आज देशमा ।
खराब चाल देखिए, कराल तुच्छ व्यक्तिमा ।।
सुधार छर्छ को यहाँ, भएर सभ्य कौशिक ?
विवेक बुद्धिमा चलून् , बनेर वृद्ध तारक ।। -३

धरेर भेष रामको, लिएर उच्च आसन ।
र केन्द्र ग्राम राज्यमा, जुटी छरे कुशासन ।।
हुँदैन बन्नु कंसझैँ, विषालु हानिकारक ।
विवेक बुद्धिमा चलून् , बनेर वृद्ध तारक ।। -४

युवा समाज भन्छ के, विचार सुन्नुपर्दछ ।
विकल्प सोच तर्कले, प्रहार रोक्नुपर्दछ ।।
मसानघाटझैँ भयो, यो देश आज नारक ।
विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक।। -५

मनुष्यका दिमागमा, तरङ्ग धेर चल्दछन् ।
छ भ्रष्ट नीति राज्यमा, भने विकार बढ्दछन् ।।
मनुष्य आज गेहको, सकेन बन्न चारक ।
विवेक बुद्धिमा चलून्, बनेर वृद्ध तारक ।। -६

०००
बट्टार, नुवाकोट । हाल: माछापोखरी, काठमाडौँ ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x