साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्ल्याकहाेलकाे ब्यहाेरा

जुनसुकै देशका शासकहरु शक्तिले खामेसम्म बामे सरेर भए पनि सत्ताकाे स्वाद लिन खाेजिरहन्छन् । अनि हामी सामान्य मानवलाई ब्ल्याकहाेल र शासकमा के नै अन्तर रह्याे र ?

Nepal Telecom ad

शेषराज भट्टराई :

ब्ल्याकहाेल डरलाग्दो हुन्छ भन्ने भन्ने कुरा कुरा मैले कतै पढेको थिए । सुन्नमा आएको छ याे आकाशगंगामा चङ्गा मनकासाथ भुमरी परेर फनफनी घुमिरहेकाे हुन्छ रे । हामीले हगभाेग गरिरहेकाे पृथ्वी जस्तो धेरैवटा पृथ्वी एकैपटकमा सर्लक्क निल्नसक्ने क्षमता हुन्छ रे त्यो अजङ्गको ब्ल्याकहाेलसँग । गिलाे दलदल परेको त्यो कालो भुमरीले दैनिकजसो धेरै ताराहरुलाई निलिरहेकाे हुन्छ रे । कुनै समय हाम्रो पृथ्वी पनि घुम्ने क्रममा त्यस ठाउँमा पुग्यो भने हामी सबै त्यही ब्ल्याकहाेलमा विलिन हुन्छौं हाेला । विश्वकाे अद्भुत र डरलाग्दो सृष्टि जस्का कारण ब्राह्मणकाे उत्पत्ति , विकास अनि अन्त्यका विषयमा बुझ्नलाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ । त्यसैले धेरै वैज्ञानिकहरु यसकाे अध्ययन गर्दागर्दा लखतरान र हैरान छन् । अबुई, सुन्दा पनि कति डरलाग्दो आङ नै जिरिङ्ग हुन्छ ।

विश्वकाे सबैभन्दा रहस्यमय र अत्यन्तै शक्तिशाली मध्ये ब्ल्याकहाेल पनि एक मानिन्छ ।अन्तरिक्षमा हुने याे एउटा यस्तो कडा गुरुत्वाकर्षण क्षमता हुन्छ कि यसभित्र छिरेको प्रकाश पनि बचेर निस्कन सक्दैन भन्ने भनाइ छ । कालाे छिद्र जस्तो देखिने यसले आफ्नो वरिपरि भएका ग्यास, धुलाे , तारा, र अन्य कुनै पनि खगाेलीय बस्तुलाई सजिलै सबैकुरा एकैपटक निलिदिन सक्छ ।

अथाह शक्तिका कारण त्यहाँ कसैको हारगुहार र पुकारा चल्दैन । अगाडि परेका सबैलाई आफूमा विलीन गराउनु भनेको चानचुने क्षमताले भ्याउने भेट्टाउने कुरै हाेइन । ब्ल्याकहाेल तीन किसिमका हुन्छन् स्तेलर मास – जुनचाहिँ ताराहहरुकाे विस्फोट पछि बनेका र सुपरमाभिस ब्ल्याकहाेल चाहिँ आकाशगंगामा हुने धेरै जसाे आकाशगंगाहरुकाे केन्द्रमा सूर्य भन्दा लाखौं गुणा ठूला हुन्छन् । त्यस्तै इन्टरमिडियट ब्ल्याकहाेल चाहिँ मध्यम आकारको हुन्छ । यिसबै आकाशगंगाकै अधिपति हुन् ।त्यही विराजमान हुन्छन् र त्यही राज गर्छन् ।

अब हामीले के अनुमान गराैँ भने संसारमा जति पनि देशहरु बनाएका छन् शासकहरुले तिसबै मानवजातिका लागि ब्ल्याकहाेल जस्तै हुन् । एकले अर्कालाई सकेजति र मिलेसम्म ब्ल्याकहाेलले जस्तै आफूमा समाहित गरेर निल्ने प्रयास निरन्तर जारिराखेका हुन्छन् । युक्रेनलाई रुसले निल्नखाेजेकाे करिब चार वर्ष हुन लाग्याे । निल्नखाेज्ने र निलिन नमान्ने बिचकाे द्वन्द्वका कारण लाखौँ घरबार बिहिन भएका छन् भने हजारौँको संख्याका निर्दाेष मानवहरु मृत्युको मुखमा पुग्न बाध्य छन् । म सबैभन्दा शक्तिशाली ब्ल्याकहाेल हुँ मैले भनेको सबैले मान्नुपर्छ । नमाने जेपनि हुनसक्छ भनेर सिंगाैरी खेल्दै डुक्रिने काम त अमेरिकाले बारम्बार गरिरहेकै छ । आइसल्याण्ड, मेक्सिको, क्यानाडालाई निल्छु भनेर धम्की पनि नदिएको हाेइन । निल्छु त भन्छ तर हाड निल्न पहाड जत्तिकै गाह्राे छ । गाह्रो छ । तैपनि सिरकभित्रबाट मुड्की चाहिँ उज्याइ रहन्छ । ङार्ररङुर्रर गरिरन्छ ।

पछिल्लो दृष्टान्त भारतले नेपाललाई निल्न खाेजिरहेकाे छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्तो ठूलो भूभाग भारतले निल्छु अवराेध विराेध नगर भनेर बारम्बार भनिरहेको छ । हाकाहाकी त्यो तेरो हाेइन भन्छ साँढेले । आफ्नोे छेउछाउका कमजाेर देशहरुलाई भारतीय ब्ल्याकहाेलले बारम्बार निल्ने प्रयास गरिरहेको हुन्छ । इजरायलले प्यालेस्टाइन राज्य हमास/ गाजालाई निल्छु भनेर हाकाहाकी भन्दै हजारौँको हत्यामा रमाइरहेकाे छ । पाए र भेटेसम्म निल्ने प्रयास जारी छ । चिनले ताइवान, हङकङ, तिब्बतलाई उहिल्यै निलेकाे भनेर हवाला दिइरहेकै छ ।

म्यानमार भन्ने देशमा शैनिकहरुले निकै ठूलो नरसंहार गरेर शसनकाे स्वाद लिइरहेको छ । श्रीलंका, बंगलादेशमा सत्ताकाे स्वादका लागि सत्तानै पल्टाए । ब्ल्याकहाेल प्राकृतिक शक्ति हाे याे आफ्नै गति र कक्ष्यमा विनालक्ष्य चक्कर मारिरहेकाे हुन्छ तर स्वार्थी मानवले मान्छेलाई पिराेल्ने दूषित लक्ष्यकासाथ अगाडि बढिरहेको हुन्छ । नेपालकै शासकहरुकाे कुरा गरु यहाँ कमजोर दललाई पाखा लगाएर वा शक्तिका कारण आफूमै विलीन गराएर ब्ल्याकहाेलले जस्तो निलेर आफू निस्कलंकित निर्दाेष निस्पक्ष भएको भ्रम एकतमासले फैलाइ रहेको हुन्छ । याे शासककाे धर्म हाे । जुनसुकै देशका शासकहरु शक्तिले खामेसम्म बामे सरेर भए पनि सत्ताकाे स्वाद लिन खाेजिरहन्छन् । अनि हामी सामान्य मानवलाई ब्ल्याकहाेल र शासकमा के नै अन्तर रह्याे र ?

मृत्यु सिर्फ एकपटक हुन्छ त्यसलाई ढिलाेचाँडाे सबैले स्विकार्नु पर्छ भने हामीले मुटु हल्लाएर डराएर थुरथुर काम्दै तुरतुर मुत्दै कतिन्जेल भाग्ने कतिन्जेल बाँच्ने ? त्यसैले जे छ जसाे हुन्छ सायद राम्रैका लागि हुन्छ ।

अर्थशास्त्रमा भनिएको छ प्रकृतिले सन्तुलन मिलाउनलाई नै मान्छे जन्मिने र मर्ने गर्छ । आज एउटा जहाज समुन्द्रमा डुब्दै छ वा भीरबाट एउटा गाडी लड्दै छ भने पनि छटपटिएर अजाेडबजाेड गरेर के गर्नु प्रकृतिले सन्तुलन मिलाएकाे भनेर चित्त बुझाउनु शिवाय यस जगतमा अरु कुनै उपाय छैन । सिर्फ तुम शरणम् गच्छामि भन्याे कन्याे आनन्दले बस्याे । लाग्छ नि मलाई त त्यसैमा हाम्रो भलाई छ ।

०००
फूलबारी शिवशक्ति मार्ग, पाेखरा, कास्की ।
फाेन :- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x