साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तर आधुनिक तबिका

फर्सिकाे जरा कुभिन्डिएकाे छ काँक्रा ता सुम्ला नि ताप्लेजुङ ता हुम्ला नि कान्छो तेतैतिर घुम्ला नि अब थकाइ गर्नु पर्छ नत्र फर्सिकाे जराबाट तिनपाने झर्छ बरबाद छ बा....

Nepal Telecom ad

हाेम सुवेदी :

तुर्लुङ्ग‌ झुन्डिएकाे छ उज्यालाे
सूर्यका खाेकिलाबाट तप्पतप्प
चुहिएकाे छ
चन्द्रमाकाे बुङ्गाे कालाे छ
कुहिएकाे छ
अन्तरिक्षको चोके
अलिक नुहिएकाे छ
आकाशले बाछाे
भर्खर पायाे
पुरानाे भनेकाे नयाँ बाछाे रछ
उसकाे गाेठ
खर नभएर टालटुल गरेर पनि
थामिएकाे छ
के गर्नु र
फर्सिका जरा
निलाे मह
सेता खुदो
आगोका फूल फुलेर
आगाे फल्दैछ लटरम्म
समुद्रकाे छाेरोले तानेर
अन्तरिक्षको
पाइजामाको इँझार चुँडियो
बरबाद इजत तप्प तप्प छ
हिमालको सिरेटाे हप्प हप्प छ
आज मृत्यु मरेर
मङ्गाेलघाटमा दाहसँस्कार छ
मलामी जान भ्याइएन
तपाईँ जानुभाे ?
यता त बादल लागेर
आकाशबाट
आगाे परेकाे छ
गर्मी झप्पझप्प छ
जाडाे ताताे छ
हरियाे घाँस भाेकाएकाे छ
गाई खान पाएन अरे
यसैले बारीमा
गर्मी उम्रिएर हौसिएकाे छ
बतास
चुहिएर झुन्डिएकाे छ
फर्सिकाे जरा कुभिन्डिएकाे छ
काँक्रा ता सुम्ला नि
ताप्लेजुङ ता हुम्ला नि
कान्छो तेतैतिर घुम्ला नि
अब थकाइ गर्नु पर्छ
नत्र फर्सिकाे जराबाट
तिनपाने झर्छ
बरबाद छ बा….

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x