शिवप्रसाद जैशीमलाई पनि ‘प्राज्ञ’ हुने मन छ
'अब राजनीतिक रूपले चेतनशील र अग्रगामी सोच भएकै व्यक्ति प्राज्ञ हुनुपर्छ। ठूलठूलो ठेली लेखेर केही काम छैन, परेको वेला चुइँक्कसम्म नबोल्नेहरूलाई कुर्सीमा पुऱ्याएर कुनै काम छैन ।

नारायण तिवारी :
“अब फेरि प्राज्ञहरूको नियुक्ति हुन्छ, होइन ?” उहाँले खुसुक्क कानमा साउती गर्नुभयो ।
मैले ‘हो’ भनेर टाउको हल्लाएँ र सोधे “किन र गुरुको पनि विचार पियो कि ?” उहाँ मलाई पढाउने गुरु हुनुहुन्थ्यो । उहिले पढाउँदा ताकाका उपदेश, अति जे जस्ता भए पनि यसबेला त गुरुजी मेरा समीप रात चुहाउन धाल्नुभयो- “हो मलाई पनि ‘पाज’ हुने मन छ । यति बोल्नुभयो र बोल्न खोज्नुभयो- ‘यसो भाइहरूले वातावरण बनाइदिए, यताबाट समर्थन गरिदिए।
उहाँको आशय म ‘आँ’ गर्दै बुझ्दै जाँदै थिएँ तर मैले उहाँलाई करेन्टको झट्का लगाइदिएँ। अर्थात् भनें “अनि गुरुले त माघ १९ लाई समर्थन गर्नु भा होइन अरूहरू पनि थिए त्यहाँ। खुसुमुसु कुरा गरिरहे पनि त्यतिबेला म जोडले बोल्न पुगेछ । अरूहरूका नजर पनि उठे र उहाँलाई घोच्न जुटे । उहाँको स्वर झन् मलिन भयो, ‘ङ्याङ- ङ्याङ’ गर्न थाल्नुभयो “मैले त प्रजातन्त्रमा चुनाव हुनुपर्छ भनेर चुनाव गराउने माघ १९ लाई समर्थन गऱ्या हूँ।” फेरि म समक्ष ‘ङ्याङ ङ्याङ’ गर्दै थप्नुभयो “त्यसो त म प्रजातन्त्रवादी नै है।” उहाँले तैपनि लोकतन्त्रवादी भन्न सक्नुभएन । मलाई लाग्यो उहाँ ‘प्रजा’ भइरहन रुचाउने प्रजातन्त्रवादी भन्न चाहिरहनुभएको छ। मेरो शङ्का बुझेर फेरि बोल्नुभयो “डिमोक्रयाट् नै हूँ क्या म पनि” नेपाली पढाउने यी गुरुले अभ्यस्त नभई बोलेको ‘डिमोक्रयाट्’ उच्चारणबाट मेरो ओठमा मुस्कान दौडियो ।
गुरु अझै थप्दै हुनुहुन्थ्यो “मेरो आफ्नै ‘हाइट’ पनि त छ। किन चाहियो यो राजनीतिक कुरा ।” ‘हाइट’ भन्न ‘डिमोक्रयाट’ भन्नुभन्दा सजिलो भएकोले त्यति असजिलो नमानी बोल्नुभयो यो वाक्य । त्यतिबेला हतारहतार माघ १९ लाई समर्थन गर्दा चाहिँ ‘हाइट’ चाहिएन, राजनीतिक कुरा नै चाहियो। त्यो उतिवेलाको समर्थन पनि ‘प्राज्ञ’ हुनकै लागि थियो सायद वा कतै कुर्सी पाउनका लागि फेरि यसबेला कुर्सीकै लागि चलवल ? तर प्रकटमा यसो बोलेँ “गुरु ! यसपल्ट त को लोकतन्त्रवादी हो, त्यो नहेरी प्राज्ञमा नियुक्ति हुन गाह्रो छ।”
“ए… हो… ओ… को.. ” भन्दै बूढा राले गुरु मबाट तर्किए। मानाैं पिछा छुडाउँदै भागे। यिनी मबाट चाहन्थे के भने, हो गुरु तपाईं त योग्य मान्छे हो’ भनिदिउँ । अझै नारा ने लगाइदिउँ। एक कान दुई कान मैदान गरेर सारा विराटनगरवासी साहित्यकारहरू भएर यिनलाई काँधमा बोकाैँ। यिनको सनातन काव्य, महाकाव्य ‘हाइट’ मा हामी आन्दोलनका कविता पढ्नेहरू जति चाहिँ ‘सती’ जाऔँ। सडकमा कविता पढेर माघ १९ को विरोध गर्ने हामी नै यिनका पछिपछि लागेर प्रज्ञा प्रतिष्ठानको कुर्सीमा बोकेर यिनलाई बसाइदिओं । यिनी भने उता पनि ठीक्क यता पनि ठीक्क भइरहन सफन बनिरहन् र प्रतिगमनको विरोधमा ज्यान फालेर सडकमा निस्किएका स्रष्टाहरू यिनकै सफलतामुनि किचिएर असफल बनिरहुन् सदा-सर्वदा ।
‘के चिताइयो, के भइदियो भन्ने सोचे होलान् यिनले मबाट तर्किएर भागे पछि। उनको माघ १९ को समर्थनलाई सबैले बिर्सिसके भन्ने सोचेका थिए होलान् ।
म त यिनलाई अझै धेरै कुरा भन्नेवाला थिएँ उनको मुखमा बुजो लगाउनका लागि। म भन्न चाहन्थेँ, ‘अब राजनीतिक रूपले चेतनशील र अग्रगामी सोच भएकै व्यक्ति प्राज्ञ हुनुपर्छ। ठूलठूलो ठेली लेखेर केही काम छैन, परेको वेला चुइँक्कसम्म नबोल्नेहरूलाई कुर्सीमा पुऱ्याएर कुनै काम छैन । धेरै लेखेर मात्र ‘हाइट’ उठ्दैन । थोरै लेखेर र लेखनलाई व्यवहारमा उतारेर पनि ‘हाइट’ निर्माण हुन्छ ।
म भन्न चाहन्थेँ- अवसरवादीहरूले जतिसुकै ठूलो ‘उँचाइ’ बनाएका भए पनि परेको बेला लोकतन्त्रलाई काँध हाल्ने प्राज्ञ अब चाहिन्छ। काँग्रेस र कम्युनिस्ट नहुँदैमा कुनै साहित्यकारको ‘उँचाइ’ कम हुँदैन। राजनीतिक पार्टीको नाम लिँदा जात जाला जस्तो गर्ने, के-के लेख्ने लेख्ने किरिङ-मिरिङ तर लेखिरहने, साहित्य र राजनीतिलाई पानी बाराबारको स्थितिमा पुर्याउन न्वारान देखिको बल निकाल्ने, यी र यस्ता स्वनामधन्य महान् साहित्यकारहरूदेखि पनि होशियार !
०००
– विराटनगर
मधुपर्क-९१ (२०६४)
Subscribe
Login
0 Comments
Oldest






































