साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी

बुद्धि विवेक अनेकाैँ देखेँ समयले सिकायाे तर समयमै सिकाएन तँलाई पछ्याउँदै यहाँसम्म आएँ अब कुन निर्णय लिऔँ अहिलेसम्म थाहा छैन ए जिन्दगी ! तँलाई काटाैँ कि तँलाई जिऔँ ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

अहिलेसम्म थाहा छैन ए जिन्दगी !
तँलाई काटाैँ कि तँलाई जिऔँ ?

अनेकन माछीकाँडे डाेरीकाे उल्झनमा
म जेलिउँ या छट्पटाउँ
ठाऊँ ठाऊँमा च्यातिएकाे छ उध्रिएकाे छ
कुन छेउमा टालाैँ या सिलाउँ
युद्ध छ जताततै
काेसँग लडाैँ या मद्दत मागाैँ
कस्काे शत्रु बनाैँ, कस्काे बनाैँ हिमायती
ढुङ्गाका पहाडमा फूल फुलेकाे छ
म पत्थर उठाउँ कि फूल लिऔँ
अहिलेसम्म थाहा छैन ए जिन्दगी !
तँलाई काटाैँ कि तँलाई जिऔँ ?

मलाई त कर्मकाे अधिकार मात्र दिइस् रे
फल त अर्कैसँग छ भन्छ
पर इक्षित फल पनि कहिले मिल्छ
मान्छेहरु भन्छन्
याे जन्मबाट अर्काे जन्मसम्म
फलकाे आशमा भट्किरहनु पर्छ
कहिलेकाहिँ त इसारा दे न जिन्दगी
मैले यहि जन्ममा केही लिऔँ
अहिलेसम्म थाहा छैन ए जिन्दगी !
तँलाई काटाैँ कि तँलाई जिऔँ ?

मलाई किनारा पनि थाहा छ
नाउ पनि त छ मेराे
तर तेरै याे भूवरीमा
हर तुफानले लाउँछ घेराे
काेशिस हजाराैं बनाएँ
र धाेका पनि धेरै खाएँ
बुद्धि विवेक अनेकाैँ देखेँ
समयले सिकायाे
तर समयमै सिकाएन
तँलाई पछ्याउँदै यहाँसम्म आएँ
अब कुन निर्णय लिऔँ
अहिलेसम्म थाहा छैन ए जिन्दगी !
तँलाई काटाैँ कि तँलाई जिऔँ ?

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x