रमेश विकलश्रीमानजी भन्नुहुन्छ
ल यार तपैं पनि अचेल श्रीमतीकै त चल्तीफिर्ती छ थाहा छैन । श्रीमतीको नाता फरियामा हुन्छ । फरियाको नाता जहाँ पनि पुगेको हुन्छ पत्रकार भएर पनि थाहा छैन। बरु पत्रकार श्रीमती संघ खोल्न श्रीमतीलाई भनिहाल्नुस्र ।

रमेश विकल :
– ओहो हजुर, सपरिवारसहित कतैतिर । रमाइलो पार्टीमा जान लाग्नुभएको क्या हो ? लौ-लौ यहाँहरूकै छ चल्तीफिर्ती म आफ्नो हितैषी अधिकृतलाई प्याच्च भन्छु ।
– हैन यार कतै पार्टी छैन । बरु हाम्रा श्रीमतीहरू मिलेर सङ्गठन गर्ने भन्छन् आज एक ठाउँमा भेला हुने रे। यसले मलाई जौँ कि जौं भन्न थाली लौ त भनेर लागेको बरु यार पो कतातिर ? पत्रकार जस्तो हाम्रो कहाँ पार्टीमा गै रहन पाइन्छ र । अधिकृत आफ्नी बल्ड्याङ्ग्रीजस्ती श्रीमतीतिर हेर्दै मस्किदै भन्छन्।
– हैन साँच्ची अचेल त महिला सङ्गठनको सट्टा श्रीमती संघ पो धमाधम गठन हुन थालेका छन् । तर हाकिम तहका श्रीमती मात्र तानेका छन् । अरू थुप्रै श्रीमतीहरू चुप छन् किन हो कुन्नि म अधिकृत श्रीमतीतिर हेर्दै अधिकृतको मनका कुरा तान्न खोज्दै भन्छु ।
– ल यार तपैं पनि अचेल श्रीमतीकै त चल्तीफिर्ती छ थाहा छैन । श्रीमतीको नाता फरियामा हुन्छ । फरियाको नाता जहाँ पनि पुगेको हुन्छ पत्रकार भएर पनि थाहा छैन। बरु पत्रकार श्रीमती संघ खोल्न श्रीमतीलाई भनिहाल्नुस्र । के उभिइ-उभिइ कुरा गर्न जाँ उतैतिर बरु च्यान्टी हुँदैन त ? अधिकृत अनुमति लिन श्रीमतीतिर हेर्दै भन्छन् ।
– छिः हजुर पनि मलाई घरमा जस्तो भनिसिन्छ । किन नहुनु पत्रकार त हामीलाई नभै हुँदैन । हाम्रै नाउँ र हाम्रो काम पत्रकारले नछापे कसले थाहा पाउँन दिन्छ र। बरु हजुरले भनिसेको घरमा जाऊँ कि ? के भनिसिन्छ ? उहाँकी श्रीमती गएमा हामीलाई धेरै मद्दत हुनेथ्यो- अधिकृत श्रीमतीबाट अधिकृतको हात समाउदै भन्छिन् । हामी एउटा भव्य घरमा पुग्छौँ।
पाल्नुस् पाल्नुस् यो पत्रकार पनि तपाईंको पछि लागेछ नि श्रीमानजी अधिकृतको श्रीमतीमा आँखा गाड्दै अधिकृतलाई भन्नुहुन्छ ।
हैन, बाटामा भेट भएर यतै ल्याको । श्रीमतीले पनि नाम र काम लेखाउन ल्याउने भनी हजुर । अधिकृत जिन्नो चबाउँदै भन्छन् ।
नाम र काम छाप्ने मेरा कति छन् कति पत्रकार । यो त छट्टु पत्रकार छ भोलिदेखि श्रीमती संघ, खरिदार श्रीमती संघ, हुद्दा श्रीमती संघ, कन्स्टबल श्रीमती संघ खोल्नुपर्छ भनेर हल्ला फिजाउँछ । ती श्रीमती संघ खुले भने तपैं हाम्रा श्रीमती संघ त बागमतीमा एक थोपो पानी जस्तै बिलाउँछ । अनि भएन के। कता जुठे कता जुठेकी आमा हुन्छ । (मतिर हेर्दै) बरु तिम्रो पत्रकार श्रीमती संघ सुटुक्क महिला सङ्गठन जस्तै खोल अरू हल्ला नगर- श्रीमान्जी एकदम आत्तिदै पैले अधिकृतलाई र पछि मलाई मनाउँदै भन्नुहुन्छ । म मूर्ति ठिङ्ग उभिइरहन्छु ।
नयाँ करेन्ट / २०४१ कार्तिक २८ ।
०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)
Subscribe
Login
0 Comments
Oldest







































