साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्र-बजेट भाषण

काग कराउँदै जान्छ पिना सुक्तै जान्छ । आखिर हाम्रो एकमना प्रजातन्त्र छ। एक माने भनेको बहुमत हो। त्यो हामीसँग छ ? त्यसैले यो बजेट एकमाने छ। हाम्रो छ। जय नेपाल ।

Nepal Telecom ad

रमेश विकल :

श्री श्री श्री सम्माननीय नागरिकहरू । … यो हाम्रो प्रजातान्त्रिक समाजवादी बजेट भाषण हो। हुन त यसमा बजेटका कुराभन्दा हाम्रो आफ्नै कुरा बढी छन् तर पनि तपाईंहरू यसलाई बजेट भाषणकै रूपमै सुन्नुहोला किनभने हामीले यसलाई बजेट भाषण नै भनेका छौँ। त्यसैले यो बजेट भाषण नै हो।

…त यो हाम्रो बजेट भाषण न भुतो न भविष्यति भएर आएको छ । किन भने यो प्रस्तुत गर्ने म स्वयम् न भुतो न भविष्यति हुँ । अनि यो बजेट भाषण हाम्रा मृतक (भूत) अझ खासगरी हाम्रा विशिष्ट शहीद स्वर्गीय अति मानवको र उनले गुमाएको अन्धो मेच बल्ल बल्ल प्राप्त गर्ने जिउँदा (वर्तमान) शहीदहरूका सपना साकार तुल्याउन मात्र तयार गरिदिएको हो । वर्तमानमा सत्ता र सत्ताको वरिपरि महादेवका प्रथम गणफैँ हाँ हाँ खाँ खाँ गर्दै झुम्मिएका शहीदहरूकै हितलाई ध्यानमा राखेर यो तयार गरिएको हुँदा भविष्यसँग यसको कुनै सरोकार छैन । यसमा कसैको पनि (खासगरी विपक्षीहरू र उनीहरूको लैलैमा लाग्ने जनता नाउँको जन्तु) कुनै टिप्पणी वा गुनासोको कुनै भाउ हुने छैन। किनभने तपाईंहरू यस बजेट भाषणमा रहेको कुनै पनि राम्रो पक्ष (जो बेरै छैन) लाई बिलकुल नहेरेर नराम्रो पक्ष (जो यसको मूल आत्मा हो) लाई मार उदा‌ङ्गो पारेर देखाउनुहुनेछ । त्यसबाट देशका महत्त्वपूर्ण नागरिक (तस्कर, भ्रष्टाचारी, कालाबजारी) को व्यक्तित्व नाङ्गिने छ। यिनीहरू नाङ्ङ्गिनु भनेको हामी नाङ्गिनु हो र हामी नाङ्गिनु भनेको प्रजातन्त्र नै नाङ्गिनु हो। यसरी प्रजातन्त्र नै नाङ्गिने टीका-टिप्पणी र छिद्रान्वेषणलाई हामी सहन सक्तैनौ। त्यसैले त्यस्ता गुनासा र टिप्पणीको कुनै भाउ गर्ने छैनौँ।

‘… प्रजा बलियो भया दरबार बलियो हुन्या छ’ यो हाम्रा राष्ट्रिय एकीकरणका प्रवर्तक महान् आत्माको अर्तिउपदेश हो । महा आत्माको उपदेश कालजयी हुन्छ । यो त्यस समयमा जति सामयिक थियो आज पनि उत्ति नै सामयिक छ । त आजको दरबार भनेको हाम्रो-अर्थात् प्रजातान्त्रिक समाजवादी दरबार हो। अनि आजको जनता भनेका तपाईजस्ता भुप्रे, झाप्रे, दरबारको विकास र उन्नति प्रगतिका लागि कुनै योगदान (आर्थिक) पुऱ्याउन नसक्ने, खालि खान र लाउन मात्र खोज्नेहरूको झुण्ड होइन, बरु प्रजातन्त्रलाई हरतरहबाट (धन, दौलत र हातहतियारले समेत) टेवा दिने, आडभरोसा दिने यस्तै महान् नागरिक हुन् । त्यसैले ती जनता (प्रजा) लाई बलिया गराउनु नै यस बजेटको मुख्य उद्देश्य छ । त्यसैले यस बजेटलाई टीका-टिप्पणी गर्ने, आलोचना गर्ने अरूको कुनै अधिकार छैन ।

अर्को कुरो यो बजेट तिनैका लागि बनेको छ, जसले तीस-तीस वर्षसम्म रात नीद न दिन भोक गर्दै आफ्ना सबै कुरा त्याग र बलिदान गरेर सङ्घर्ष गर्दै बल्लबल्ल अन्धो मेचको आराम पाएका छन् । … अब केही समय (कममा पनि पाँच वर्ष त अन्धो मेचमा घुम्दै आराम गर्न दिनुपर्छ उनीहरूलाई।… तौस वर्षसम्म सङ्घर्षमा लगानी गरेको मूल धनको कमसेकम दश प्रतिशत हामीलाई । हामीलाई केही ब्याज समेत असुल गर्ने अधिकार त हुनुपर्छ हामीला समय आफले ल्याएको (हो यो हामीले केवल मात्र हामीले ल्याएको प्रजातन्त्र, त्यसैले हाम्रोपेवा प्रजातन्त्र । त्यसमा अरूले दावी गर्ने मिल्दैन) प्रजातन्त्रलाई हामीले ने एकमाने भएर हाम्रै तरिकाले भोग्न नपाउनु ? त्यसैले यो बजेट पनि हामीले नै प्रजातन्त्र भोग्ने गरी तयार गरिएको छ । यसमा अरूले बोल्ने कुरे छैन ।

तपाईहरू भन्नुहोला, त्यसो भए बहुदलीय संसद् र विरोधी बेन्चको के अर्थ भयो त । बहुदलीय प्रजातन्त्रमा त विरोधी बेन्चको मतको पनि त्यत्ति नै कदर हुनुपर्छ, जति सत्तापक्षीय बेन्चको । … यी सब कागती कुरा मात्र हुन् बुझ्नुभो ? त्यसैले बगम्फुसे कुरा। हात्तीको देखाउने दाँतजस्तो। चपाउने दाँत त एकमना ने हुन्छ- भित्रपट्टिको । देखाउने दाँतको महत्त्व प्रदर्शनमा मात्र हुन्छ, काममा हुँदैन । त्यसैले त्यसको मतको कुनै मूल्य मान्दैनौँ हामी खास गरी हामीलाई समर्थन नगर्ने मतको। हो त्यतिबेला उसको मतको पनि कदर गरिन्छ जतिबेला उसले पनि हाम्रै होमाहो मिलाउँछ होइन भने…।

…. त हामीले यस बजेटलाई हाम्रै खालको बनाएका छौं किनभने हामीले हाम्रो प्रजातन्त्रलाई हाम्रै खालले चलाउनु छ। यसमा जनताको त्यो जनता जो हाम्रो विरोधी छ, को कुनै सरोकार छैन। त्यो जनता भनाउँदो त जन्तु हो मुर्दो हो। मुर्दोको हैसियत नै के छ ?… यदि हैसियत थियो भने यसभन्दा अगिको तीस वर्षसम्म उसले आफ्नो हैसियत देखाउन किन सकेन ? … किन ? त्यतिबेला पनि त थियो यो जन्तुको झुण्ड ? किनभने त्यतिखेर देशमा पञ्चतन्त्र थियो । प्रजातन्त्र थिएन । त्यसैले झरीको मुसोझै दुलो पसेको थियो। (हामी चाहिँ त दुलो पस्या होइनौं नि हामी त ठूल्दाइका पाउना भएर मेजमानी खाइरहेका वियों) …त आज हामीले यत्रो संघर्ष गरेर शहीद बनेर रगत बगाएर अँजुलीमा प्रजातन्त्र ल्याएर दिएपछि यी भोग्न आउने?… लाज पनि छैन। हामी प्रजातन्त्र दिने । जनताले त हाम्रो गुण आरती पो गाउनुपर्छ उल्टो यसो भएन र उसो भएन भनेर हामीसँग सिँगौरी खेल्ने ? सिँगौरी ने खेल्ने हो भने तिम्मा कति सिङ छन् ? लौ आऊ । हाम्रा त सिँगौरी खेल्ने कति सिङ छन् कति- सर्वमान्य सिङ, अर्थमान्य सिङ, अर्जुनको सिङ, कति सिङ कति… जोरी नै खोज्ने हो भने ।

हाम्रो बजेटमा कर्मचारीलाई वास्ता गरेन भनेर कसले भन्ने ? के सेना र के प्रहरी, अनि हाम्रा कार्यकर्ता कर्मचारी होइन ? सिविललाई भएन ज‌ङ्गीलाई मात्र भयो रे। हो भयो । नभएको त होइन, भयो । त्यसमा पनि लौ हाम्रो प्रजातन्त्रलाई आपत् परेमा बचाउ गर्न को आउँछ ? … सिभिल (निजामती) कि जंगी ? … हातमा डण्डा र काँधमा रेफल बोकेर हाम्रो रक्षा गर्न त आखिर तिनै न आउँछन् । अनि तिनलाई महत्त्व नदिएर किन निजामती पोस्ने ? … किन निजामतीलाई बजेटमा हुल्ने ?… ऊ (निजामती) त यसै पनि उसै पनि प्रजातन्त्रको नोकर न हो। खान पाए पनि नपाए पनि उसले त हाम्रो बफादार हुनैपर्छ । हुँदैन भने जान्छ आफ्नो बाटो लागेर । यो कङ्गाली देशमा सदावर्त लुट्न आउने मगन्तेका सङ्ख्या नौ गण्डा छन् । बेकार ठिटाको गन्ती छैन काला गए गोरा आउँछन् । यहाँ हाम्रा मान्छेलाई काम दिन नसकेर कत्रो आपत् छ आफूलाई । … नोकरी मात्र पाए हाम्रा ठिटाहरू जुडो कराते गुप्ति साइकल चेन जे पनि बोकेर हाम्रो सेवा प्रजातन्त्रको रक्षा गर्न, तिम्रो झ्याको झार्न कम्मर कसेका छन् । लौ जे ख्यास्छौ ख्यास तिमीहरू ।

हो सन्त पर्धानका पालामा के-के भने के के गरे त्यो उनको कुरो हो। हामीले उनले जे जे भन्यो त्यही त्यही गर्नैपर्छ भन्ने केही कर छैन। उनका त जहान पाल्नु थिएन, छोराछोरी पाल्नु थिएन । यतिसम्म कि उनका त त्यस्ता पिराउने नातागोता पनि कोही थिएनन्। तर हामीलाई त ज्वाइँ, छोरी छ । हामी तिमीलाई कुनै सुविधा बढाउन सक्तैनौँ। हो, तिमी हाम्रा धुपौरे – ढोके-बैठके भएका भए कुरो अर्कै हुने थियो।

. हेर्नोस् ।… प्रस्ट कुरो के भने हाम्रो बजेट प्रजातन्त्रका लागि हो, समाज-वादका लागि हो, गाउँलेका लागि होइन। हाम्रो बजेट सपनाका लागि (महान् शहीदको सपनाको भान्जा, भान्जी, भाइ, भतिजा कतिको चिन्ता लिनु छ । उनीहरूको भविष्य छ । हनुमान्हरूलाई खुशी पार्नु छ त्यसैले यो बजेट पनि त्यही लक्ष्यलाई हेरेर बनाउनु परेको छ । त्यसैले तिम्रा तलबभत्तासँग हामीलाई के वास्ता ? चित्त बुझ्दैन भने जसले दिन्छु भन्यो त्यसैसँग माग्न जाऊ । हाम्रो त ढुकुटी रित्तो लागि) हो जिउँदाका बिपनाका लागि होइन । त्यसैले तपाईहरूले घोक्रो सुकाई-सुकाई कराउनु व्यर्थ छ- काग कराउँदै जान्छ पिना सुक्तै जान्छ । आखिर हाम्रो एकमना प्रजातन्त्र छ। एक माने भनेको बहुमत हो। त्यो हामीसँग छ ? त्यसैले यो बजेट एकमाने छ। हाम्रो छ। जय नेपाल ।

झ्याइँकुटी/वर्ष-२/अ‌ङ्क-६/

०००
श्रीमान्‌जी भन्नुहुन्छ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
अवस्था

अवस्था

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x