साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तान्ने धेरै भए

मेरो देशको विकास हुन त्यो छिमेकीले दिदैन गर्व लाग्छ यहाँ छिमेकीकै काँध धान्ने धेरै भए ।

Nepal Telecom ad

मरुभूमि नारायण :

भूइँमा लडाउने थोरै छन् खुट्टो तान्ने धेरै भए
त्यै तानेको खुट्टोमा नि बन्चरो हान्ने धेरै भए ।

भेडैभेडा भाको देश यो गिद्धैगिद्ध भाको देश
तेही भेडा र गिद्धलाई भगवान मान्ने धेरै भए ।

पढेलेखेका मूर्ख मान्छेलाई खाडीमा धकेलेर
यहाँका वृद्ध बाँदरहरू आफै जान्ने धेरै भए ।

नराम्रै मान्छेको भविष्य उज्जल छ यै देशमा
पापीकै बहुमत छ राम्रो मान्छे छान्ने धेरै भए ।

खाएर विदेशीको लादी पचाएर तिनकै डलर
आफूलाई छोटे राजा नेपालको ठान्ने धेरै भए ।

स्वास्नी खाडीमा लोग्ने झाडीमा यो उखान हो
पैला थिएनन् लोग्ने अहिले घर धान्ने धेरै भए ।

मेरो देशको विकास हुन त्यो छिमेकीले दिँदैन
गर्व लाग्छ यहाँ छिमेकीकै काँध धान्ने धेरै भए ।

सितैमा पाए अलकत्रा कहाँ खान्छ र मान्छेले ?
बुझ्नु सुझ्नु छैन मासुमा जिम्बू झान्ने धेरै भए ।

०००
रानीगाउँ, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
ऊ त्यो पार्टीले…

ऊ त्यो पार्टीले…

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x