साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इतिहासकार ज्ञानमणि नेपाल रहेनन्

त्रिवि शिक्षण अस्पताल अन्तर्गत मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मंगलबार मध्यान्ह उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

Nepal Telecom ad

इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी व्यक्तित्व नेपालका २ छोरा छन् ।

२०८१ साल जेठ १ गते मङ्गलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मंगलबार मध्यान्ह उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

शुक्रबार उनलाई निजामती अस्पताल लगिएको थियो। त्यहाँबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरिएको थियो।

उनी लामो समयदेखि मुटुको समस्यासँग जुधिरहेका थिए।

उनका नेपाल निरूक्त, नेपाल र चीन-तिब्बत सम्बन्धः समीक्षात्मक इतिहास, नेपाल-सुखीम सम्बन्ध : १८३१-१९०७, नेपाल-भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष, किष्कन्धाकाण्ड तथा पुण्यशिक्षा, नेपालको माध्यमिक कालको इतिहास, नेपालको महाभारत : भण्डारखाल आदिपर्व संग्रह, अतीतका स्मृति र अनुभूतिः विश्वेश्वरदेखि वीरेन्द्रसम्म, पशुपतिनाथको दर्शन स्पर्शन पूजनसम्बन्धमा समीक्षा, गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्मः संघीयताको समस्या र समीक्षा लगायत कृति प्रकाशित छन्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x