साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक कप चिया

अनि बर्फी मैले समोसाको सट्टामा खाएको होइन र ? अलिक कड्कियो । हो त्यै समोसाको पच्चीस रुपियाँ तिरेर जा न— साहुले पनि ठुलै स्वरमा भन्यो । हैन मैले खाँदै नखाएका समोसाको पच्चीस रुपियाँ कहाँबाट तिर्नु हँ ?

Nepal Telecom ad

तिलकप्रसाद लुइटेल :

बिचराले होटलमा निक्कै खप्की खायो । पैसा तिर् पैसा तिर् भनेर नै साहु कराउन छोडेकै छैन । कालो निलो छ अनुहार, चुक घोप्ट्याए जस्तो, बर्सिनै लागेको आकाश जस्तो । बल्लबल्ल बोली फुट्यो बिचराको ।

सोध्यो— मैले कति तिर्नुपर्छ साहुजी ?
पच्चीस रुपियाँ— साहुले जवाफ दियो ।
पच्चीस रुपियाँ केको नि ?
एक कप चियाको— साहुले भन्यो ।
चिया त मैले अण्डाको सट्टामा खाएको हुँ नि— उसले भन्यो ।
उसो भए अण्डाको पैसा देऊ न त— साहुले भन्यो ।
अण्डा त मैले लालमोहनको सट्टामा खाएको हुँ नि— उसले भन्यो ।
लालमोहनको पच्चीस रुपियाँ ले न त— साहुले भन्यो ।
हैन, लालमोहन त मैले बर्फीको सट्टामा खाएको— उसले फेरि साहस बटुलेर बोल्यो ।
बर्फीको पच्चीस रुपियाँ ले न त— साहुले करायो ।

अनि बर्फी मैले समोसाको सट्टामा खाएको होइन र ? अलिक कड्कियो ।
हो त्यै समोसाको पच्चीस रुपियाँ तिरेर जा न— साहुले पनि ठुलै स्वरमा भन्यो ।
हैन मैले खाँदै नखाएका समोसाको पच्चीस रुपियाँ कहाँबाट तिर्नु हँ ?
ल पुलिस बोलाउँछु अब । कानुनी कारबाहीमा म जान्छु ।

यसो भन्दै कुर्लिएर कराउँदै थियो । आफूलाई हतार भएको हुनाले हिँडेँ । मसँगै डम्मरे पनि हिँड्यो । डम्मरे सुनाउँदै थियो । पक्कै पनि यसलाई ठुलै नेताले तालिम दिएको हो बुझिस् । कहिले चुच्चे र बुच्चेमा, कहिले एलसीसीमा कहिले लसुनकाण्डमा, कहिले सत्र हजारको नोटमा, कहिले पाँच हजारको भोटमा, कहिले गाईभैँसी गोठमा, कहिले फोहोर बाटामा कहिले, ललिता काण्डमा यो देशको नागरिक ऊ देशमा गरेर जनताको ध्यान उताबाट उता पुर्‍याएर खाँदै छन् नि ।

हो, त्यसरी नै साहुको ध्यान जताततै मोडेर खान खोजेछ तर बिचराका भागमा जम्मा एक कप चिया पो परेछ । त्यत्रो मिहिनेत गरेको त थुक्क । आफूले भने न डम्मरेको कुरा केही बुझेँ न त्यो साहु र चिया खाने बिचराको । लुरुलुरु आफ्नै बाटो हिँडिरहेँ ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x