साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारका शिकारी

प्याट प्याट चप्पल पड्काउँदै भुँइमा लम्पसार परेको बिर्सेर कोही साँढे भएका छन् मुर्रा राँगा भएका छन्, कोही सिंहदरबार पसेर स्याल, गिद्ध, ब्वाँसाे, चील भएका छन् ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

यो साउनको हिलोमा बाँध्नु पर्छ किलोमा
झाले माले कथुरे तिल्के झिल्के चतुरे ।
रोपाहार बाउसे छेउकान्ला मिलाउन
हल गोरु नारेर हली गोठाला तारेर ।
टाउके भुँडे बियाडे राँगा गोरु पाटे होस्
बोका सुँगुर कुखुरा नार्नु पर्छ खेतमा ।
हाम्रो मानो खाएर अझै ठूलो मुख बाएर
काग काग भन्दै गाउँमा झोली भर्छन ठाउँमा ।
आकाशको तारा झार्ने कुरा गर्छन् जिउँदै मार्ने
भतुवा लाग्छन विगौती खान
टाढा भाग्छन् बोलाउँदा किन ?
हिजो गर्थे नमस्कार आज गर्छन तिरस्कार ।
भेडो, गोरु गधाहा समाजको फटाहा
बाठो बन्दा काग झैँ आची खान्छ भात झैँ
विकृतिका भकारी भ्रष्टाचारका शिकारी
गाउँ घरका योजना परिणत हुन्छ मोजमा ।
विकासको विब्ल्याटो निकासको सब्ल्याटो
कति दामी नामी भए अभियन्ता कोक्ल्याटे ।
कति राम्रा चाम्रा मान्छे फेटा गुथेका
तलतिर मिल्काउँदा मास्तिर सुतेका ।
राम्रालाई भन्दा हाम्रा चाम्रा खोज्ने
रैतीको विश्वास नगर्ने चाम्रामा भर पर्ने ।
भदौमा हरियो चर्न पल्केको साँढे गोरु झैँ
डुक्रदै गाउँ चहार्छ र मन लाग्दी गर्छ ।
भनौँ घुमिघुमी चर्न पल्केका बज्रस्वाँठहरू
हरियो परियो बाहेक अन्यत्र आँखा लाउँदैनन् ।
कुनै संवेदना र सन्ताप विहीन आजाद साँढेहरू
सधैँ भोकाउँछन् र चौतारोतिर डुक्रन्छन् ।
भुँइमा खुट्टा नटेक्ने, भुँइतिर नहेर्ने
आकाशे साँढेहरू हिजो भुँइमा सुतेको
प्याट प्याट चप्पल पड्काउँदै भुँइमा
लम्पसार परेको बिर्सेर कोही साँढे भएका छन्
मुर्रा राँगा भएका छन्, कोही सिंहदरबार पसेर
स्याल, गिद्ध, ब्वाँसाे, चील भएका छन् ।
र झम्टा हानेका छन् परेवा, गौथलीहरूलाई ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x