साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान्ने बिगारू भए

आफ्नो देश थियो भनेर सजिलै, विद्वान हुन् बिर्सने। ज्यामी मज्दुर हुन् सधै पर हुँदा स्वराष्ट को सम्झने।। जो जान्ने उहि हो बिगार गरने, यो देशको सिष्टम। सिष्टम् तोड्न यहाँ सिपालु नभका, को छन् पढेका कम।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

को भन्दा कमको छ यो मुलुकमा, जान्नेहरू छन् सबै।
जान्ने हुन् सब यो बिगार गरने, राम्रो गरेनन् कबै।।
सुन्दैनन् जनका कुरा अधमले, के जन्दछन् यी भनी।
हेर्छन् तुच्छ बिचारले सजनको, सारै घमण्डी बनी।।१

घाँडो डाक्टरको भिरेर अगुवा, हुन्छन् उनै मानव।
हाम्रो देश विकासमा घरिघरी, बन्छन् यिनै वाधक।।
गर्छन् काम विकामका मनपरी, सत्कर्म छाडीकन।
जोड्छन् भ्रष्ट विचारले मनपरी, चोरेर कालो धन।।२

छोडे मानव धर्म मूर्ख जनले, त्यागेर आफ्नो पन।
गर्छन् पाप अनेक धर्म नगरी, तोडेर सब बन्दन।।
मेरो को छ विरोध गर्न सकने, भन्दै उपद्रो गरे।
सारा गर्नु नगर्नु जे मनपरी, विद्वानले नै गरे।।३

आफ्नो देश सधैं सिरोपर धरी, सानातिना फर्किए।
त्यागी देश गए ठुला ति गनिने, मातृत्वनै बिर्सिए।।
आमा बाउ यहाँ रुवाइकन जो, पातालमा भासिए।
जस्ले जन्म दिएर पालक बने, धोका उनैको दिए।।४

आफ्नो देश थियो भनेर सजिलै, विद्वान हुन् बिर्सने।
ज्यामी मज्दुर हुन् सधै पर हुँदा स्वराष्ट को सम्झने।।
जो जान्ने उहि हो बिगार गरने, यो देशको सिष्टम।
सिष्टम् तोड्न यहाँ सिपालु नभका, को छन् पढेका कम।।५

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x