साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असन्ताेष हाे राेग साह्रै नराम्राे

मलाई छ प्याराे यही स्वर्ग मेराे यहीँकाे पँधेराे यहीँकै कमेराे मलाई छ सन्ताेष जे मिल्छ राम्रो असन्ताेष हाे राेग साह्रै नराम्राे ।

Nepal Telecom ad

टीका आत्रेय :

ससाना कुरामा खुसी खाेज्नुपर्छ
ससानै खुसीमा सुखी बन्नुपर्छ
त्यसैमा छ सन्ताेष आनन्द वर्षा
सधैँ दु:ख पीडा असन्ताेष गर्दा।

छ सम्भावना सृष्टि बाँझा गरामा
छ सम्पन्नता तृप्ति यी कन्दरामा
यहाँ मिल्छ सन्ताेषले देव धाम
असन्ताेषले छाेप्छ तारा र घाम ।

म सन्तुष्टिले याे धरा चुम्न पाऊँ
यही आँगनीमा म निद्रा बिसाऊँ
जहाँ बस्छ सन्ताेषकाे वास नाैलाे
त्यहाँ फुल्छ संसार साह्रै सुनाैलाे।

मलाई छ प्याराे यही स्वर्ग मेराे
यहीँकाे पँधेराे यहीँकै कमेराे
मलाई छ सन्ताेष जे मिल्छ राम्रो
असन्ताेष हाे राेग साह्रै नराम्राे ।

०००
भक्तपुर बुढ्याैली समाजकाे छन्दअभ्यासबाट सुटुक्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x