फित्काैली डटकममनोहराको १०७अौं मासिक नियमित कार्यक्रम सम्पन्न
कार्यक्रममा प्रमुख आमन्त्रित बुढ्यौली समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरे र विशेष आमन्त्रितमा सिनामङ्गल नगर विकास समितिका अध्यक्ष विजयराज पौड्याल,छत्रभूषण दाहाल, शीतल गिरि हुनुहुन्थ्यो ।

काठमाडाैं, २०८२ मङ्सिर १३ । मनोहराको १०७अौं शृङ्खला विश्वज्ञान पाठशालाको सभाकक्ष पेप्सीकोला टाउनप्लानिङमा आज सम्पन्न भयो ।
अप्सरा पोखरेलले सहजीकरण गर्नुभएको कार्यक्रमलाई मनोहरा साहित्य समाजका उपाध्यक्ष जशध्वज गुरुङले अध्यक्षता र स्वागत गर्नुभएको र कार्यक्रममा प्रमुख आमन्त्रित बुढ्यौली समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरे र विशेष आमन्त्रितमा सिनामङ्गल नगर विकास समितिका अध्यक्ष विजयराज पौड्याल,छत्रभूषण दाहाल, शीतल गिरि हुनुहुन्थ्यो ।
शीतल गिरिले आफ्नो छोटो शुभकामना मन्तव्यको क्रममा कवितालाई ठट्यौलीका रूपमा नलिऊँ भन्नुभयो । छत्रभूषण दाहालले यो कार्यक्रममा उपस्थित भएर विविध भावको एउटा सिङ्गै कवितासङ्ग्रह पढेको अनुभव भएकोले धेरै खुशी भएको भन्नुभयो । सिनामङ्गल नगर विकास समितिका अध्यक्ष विजयराज पौडेलले मनोहराले सचेतनामूलक कार्यक्रम प्रस्तुत गर्ने गरेको बताउनुभयो ।
प्रमुख आमन्त्रित कविराज घिमिरेले आज वाचित सबै रचनाहरू उत्कृष्ट थिए र वर्णविन्यासमा विशेष ध्यान दिनुपर्छ भन्नुभयो । कार्यसमितिका सदस्य चिरञ्जीवी रेग्मीले सबैलाधन्यवाद दिंदै सभाध्यक्षको अनुमतिका साथ सभा विसर्जन गर्नुभएको थियोे ।
सामुहिक राष्ट्रिय गानपछि रचनावाचनको क्रम यस क्रममा अघि बढेको थियो-
१. जशध्वज गुरुङ -मुक्तकहरू,२. ओमआचार्य – कविता ” सिंहदर्वार”,३ भावना न्यौपाने-“मलाई लिन आऊ छोरा” ४.खेमलाल पोख्रेल -कविता ” बाटो स्वयं समात”दिक्पाल छन्दमा,५.पदम दाहाल – कविता”नवयौवन हो “तोटकमा ,६.भावकेशर बराल-“टेको” मुक्तलयमा,७. खोलाघरे साहिंलो कविता”अनुशासन/नियम”तोटकमा,८.बुद्धिसागर पौड्याल – कविता”एउटा अर्को आश्वासन” मुक्तलयमा ९.धरणीधर गुरागाईं – “यो हो कि वा होइन” शार्दूलविक्रीडितमा,१०.भालचन्द्र भण्डारी -“धर्तीभरि फूल” स्रग्विणीमा, ११.बलराम विष्ट-गद्यकविता, १२.सम्पत् काफ्ले- नारी” शार्दूलविक्रिडितमा, १२.सिद्धनारायण आचार्य -गजल नेटको जमाना .
त्यसैगरी १३. दीपक सोती- “नयाँ नेपाल” मुक्तलयमा, १४. सूर्यप्रसाद डुम्रे- शार्दूलविक्रीडितमा, १५.रत्ननिधि रेग्मी – “सुकर्म गर्नु धर्म हो” पञ्चचामरमा, १६.कृष्णप्रसाद पौड्याल -“देखियो पक्षपात” स्रग्धरामा, १७.चेवन बस्नेत ठूलाघरे-“आशीर्वाद” कुसुमलतावल्लिकामा, १८.केशव ज्ञवाली “आगत”- “पुरानो शर्ट” मुक्तलयमा, १९.घनश्याम प्रसाईं -भजन “कहाँ गयौ हे कृष्ण राम सीता…, २०. कविता भुजेल-” बा” मुक्तलयमा, २१.रोजिना कुँवर – २ मुक्तकहरू, २२. गजेन्द्र बोहोरा-गजल, २३. एम पी पाण्डे – गजल २ शेर र देउडा “सुन्भन्दा महँगो तेरा बोली भैगो…”२४.जी के एन खडेरी – ७ वटा ताङ्काहरू, २५.दीपक श्रेष्ठ – “आखीर देश र जनताले के पाए ?” मुक्तलयमा, २६. दिलनाथ चौंलागाईं- भाद्र २३,२४ को प्रसङ्ग लोकलयमा, २७.गणेशप्रसाद खतिवडा – छन्दका ४ वटा मुक्तकहरू, २८.भुवन शिवाकोटी चौघरे-कविता “म काँडा मन पराउँछु” मुक्तलय,२९.विजयराज पौडेल सचेतनामूलक कविता, गीतको लयमा” वातावरण वातावरण,स्वच्छ सफा राखौं वातावरण …,३०. कविराज घिमिरे – कविता “असन्तोष” भुजङ्गप्रयातमा ।
डिल्लीप्रसाद मूलति हुन्, बाबुकाजी कार्की, कपिल अर्याल, नारायण भण्डारी जनकपुरी, चिरञ्जीवी रेग्मी, डिल्लीराज अर्याल, हरि पथिक सभ्य श्रोता हुनुहुन्थ्यो ।
०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































