साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य कित्ताका शिखर पुरूष वासुदेव शर्मा

आज भदाै २३ गते । हास्यव्यङ्ग्य भीष्मपितामह वासुदेव शर्माकाे १०९ औँ जन्मजयन्ती । वासुदेव शर्माकाे जीवनी र व्यक्तित्वमाथि औपचािरक शाेध गर्ने सम्भवत: पहिलाे शाेधार्थी हुनुहुन्छ  केशबहादुर राई । प्रस्तुत छ राईसँग फित्काैलीका मेची प्रतिनिधि नदी भट्टराईले गर्नु भएकाे लुइँटेलसम्बन्धी केही सवालजवाफ ।

Nepal Telecom ad

केशबहादुर राईसँग फित्काैली वार्ता

आज भदाै २३ गते । हास्यव्यङ्ग्य भीष्मपितामह वासुदेव शर्माकाे १०९ औँ जन्मजयन्ती । यस अवसरमा फित्काैलीले श्रद्धेय वासुदेव शर्माप्रति समर्पित केही विशेष सामग्रीहरूकाे संयाेजन गरेकाे छ । त्यसै अन्तर्गत इलाम जिल्लाको रोङ- ५, (साविक इरौटार गाविस -१,) मा जन्मिएर बुद्धाशान्ति- ६, (साविक शान्तिनगर गाविस -७) झापामा स्थायी बसोवास गर्दै आउनु भएका केशबहादुर राईसँग वासुदेवलाई केन्द्रमा राखेर गरिएका केही सवाल जवाफ यहाँ प्रस्तुत गर्दैछाैँ । केशबहादुर राई त्रिभुवन विश्वविद्यालयबाट वासुदेव शर्माकाे जीवनी र व्यक्तित्वमािथ औपचारिक शाेध गर्ने पहिलाे शाेधार्थी हुनुहुन्छ । जीवनयापनका अनगिन्ती घुम्ती र मोडहरूमा सङ्घर्ष गर्ने क्रममा त्रिविवि, कीर्तिपुरबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी शिक्षण सेवामा करिब ४२ वर्ष समर्पण गरेर हाल सेवा निवृत्त हुनुहुन्छ राई । प्रस्तुत छ केशबहादुर राईसँग फित्काैलीका मेची प्रतिनिधि नदी भट्टराईले गर्नु भएकाे लुइँटेलसम्बन्धी केही सवालजवाफ ।

प्रश्न  : प्रावि तहमा करिब ११ वर्ष (२०३९- ०५०) र क्याम्पस तहमा करिब ३१ वर्ष (२०५१ – ०८१ ) गरी झन्डै ४२ वर्षको लामो समय शिक्षण पेसामा समर्पण गर्नुभयो र हालका दिनचर्या कस्तो छ यहाँको ?

उत्तर : धन्यवाद ! एक प्रकारले यान्त्रिक जीवनबाट मुक्त भए जस्तो पनि, अर्कातिर लक्ष्यहीन जस्तो पनि तर धेरै जस्तो नियमित रुपको काम नभए पनि बेफुर्सदीमा नै दिनहरू बितिरहेको अवस्था छ ।

प्रश्न : सन्दर्भ – नेपाली सहास्यव्यङ्ग्य जगतका महारथी वासुदेव शर्माकाे १०९ओँ जन्मजयन्ती आइरहेको छ, यहाँले उहाँकै जीवनी, व्यक्तित्व र कृतित्वमाथि शोधकार्य गर्नुभयो, वासुदेवलाई कसरी सम्झनुहुन्छ ?

उत्तर : उहाँ मेराे औपचारिक शाेधका शोधनायक । मैले उहाँका बारेमा शोधकार्य गर्न पाउनु सौभाग्य ठानेको छु तर मेरो शोधकार्य एउटा निर्धारित पाठ्यांशमा केन्द्रित भएकाले जति गर्नुपर्थ्यो त्यो बिलकुल गर्न सकेको होइन, यस अर्थमा त उहाँलाई मैले अन्याय गरेँ कि भन्ने ठानेको छु ।

प्रश्न : यहाँको तेस्रो नेत्रले अनुभव गरेर पढेको र लेखेको आधारमा उहाँको व्यक्तिगत स्वभाव र सिर्जनाप्रतिको सद्भाव अनुज पुस्तामा कस्तो पाउनु भएकाे थियो ?

उत्तर : उहाँको व्यक्तिगत स्वभाव बाहिरी सतही रूपमा देख्दा अलि हठी, जब्बर जस्तो लाग्ने तर भित्री रूपमा भेउ पाइसक्ता मलिन र इमान्दार मान्छेका निम्ति घ्यु, नौनी, अत्यन्त दयालु । उहाँ पढ्ने -लेख्ने, अध्ययनमा लिप्त हुने चरित्रलाई असाध्यै मन पराउने स्वभावकाे लाग्थ्यो मलाई । मलगायत त्यसबेलाका म जस्तालाई सम्पर्क दिन, सल्लाह, सुझाव दिन पटक्कै कन्जुस्याइँ गर्नुहुन्नथ्यो ।

प्रश्न : शोध गर्ने क्रममा हास्यव्यङ्ग्य क्षेत्र र वासुदेव लुइँटेललाई नै रोज्नुकाे कारण स्वेच्छिक हो, रुचिको विषय वा प्रकृया पूरा गर्न ?

उत्तर : यसको पृष्ठभूमि निक्कै लामो छ । सङ्क्षेपमा भन्दा विभागले शोध प्रस्ताव आह्वान गरेको म्यादभित्र मैले प्रस्ताव पेश गर्न छुटाएँ । केही समयपछि एउटा विधापरक विषयमा प्रस्ताव पेश गर्दा अरु कसैकोसित नेरनेर मिल्नखाेज्ने देखिएको भनेर अस्वीकृत नै भयो । त्यसपछि भने त्यसअघिसम्म कसैलाई पनि आफ्ना बारेमा शोध गर्न अनुमति नदिने साहित्यकार भनी चर्चित हुनुहुँदोरहेछ उहाँ । म एकप्रकारले अलमलमा परिसकेको अवस्थामा  भरखरै सरुवा भई केन्द्रीय विभागमा आउनुभएका डा. खगेन्द्रप्रसाद लुइटेल सरले एकपटक मदन पुरस्कार गुठी कार्यालयमा गएर वासुदेव शर्मा लुइटेललाई भेट्ने र आफ्नो कुरो राख्ने, जे भन्नुहुन्छ त्यसपछि तिम्रा लागि बाँकी अन्य निधो गरौँला भन्नुभयो । मैले सोमुताविक उहाँलाई भेट गर्दा मलाई निक्कै लामो अन्तर्वार्ता नै लिनुभयो । आज यत्तिकै रित्तो मन लिएर फर्किनु पर्नेभो भन्ने लाग्दैगर्दा एकछिनपछि चिया खुवाउनुभो । त्यसपछि फोटो खिच्ने व्यवस्था पनि मिलाउन थाल्नुभो त्यसपछि भने मनले शान्तिको स्वास फेऱ्यो । उहाँले सहर्ष स्वीकार गर्नुभयो । म खुसीसाथ काम गर्ने निधोमा पुगेँ । यसको अर्थ रह्यो उहाँका बारेमा शोध गर्नु भनेको हास्यव्यङ्ग्य क्षेत्रलाई पनि समेट्नुपर्ने नै भयो ।

प्रश्न : वास्तवमा यहाँको विचारमा हास्य र व्यङ्यग्य (अर्थ) भन्नाले इच्छुक सिर्जनशील प्रतिभाहरूलाई कसरी बुझाउनु पर्ला ?

उत्तर : यी हास्य र व्यङ्ग्य एक साथ हिंड्ने दुई फरक शैली हुन् विधा भने होइन भन्ने लाग्छ । व्यङ्ग्यले जे काम गर्ने हो त्यसलाई सजिलै काम गराउने / लगाउने हास्य हो । व्यङ्ग्यमात्रै त रुखो हुन्छ, त्यो ठाडो आलोचना बन्छ, त्यसलाई रुचिपूर्ण बनाउने मसला हास्य हो त्यसैले यी एक साथ हुँदा एउटा गद्यसाहित्य (निबन्ध, किवता वा  नाटक) चोटिलो, अर्थपूर्ण र उद्देश्य प्राप्तिमा सफल बन्छ । यस प्रकारको गद्यसाहित्य निबन्धकै गर्भबाट विकसित नौलो बान्कीको खुराकी सिर्जना बन्ने हो पद्यविधालाई छाडेर हेर्दा ।

प्रश्न : नेपाली हास्यव्यङ्ग्य साहित्यको  शिल्प पक्षमा केही उल्लेख गरिदिनू न ?

उत्तर : नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धकै फरक शिल्पगत संरचना बनेर अघि बढ्दै जाँदा हाल यसले नवीन विधाकै ठाउँ लिनसक्ने हैसियतमा पुग्दै गएको देखिन्छ । जहासम्म शिल्पकाे कुरा छ याे दायाँ हेरेर बायाँ हिर्काउने, हँसाउँदै र छेडखान गर्दै विसङ्गतिकाे गाला पड्काउने विशेष किसिमकाे शैली हाे । कविता, कथा, नाटक, निबन्ध जुनसुकै विधाकाे आड लिन सक्छ, लिँदै आएकाे छ । अन्यान्य विधामाभन्दा बढी याे  नेपाली निबन्धमा फस्टाएकाे देखिन्छ ।

प्रश्न : यहाँले पढ्नुभएको वासुदेव लुइँटेलका हास्यव्यङ्ग्यको मूल विषय के के हुन् वा समाजको कुन पक्षलाई उठाएकाे खाेजेकाे पाउनु भयाे ?

उत्तर : मैले भेटे, पढेसम्म उहाँको प्रहारको केन्द्र सामाजिक विकृति – विसङ्गति, बेथिति र ठालु पल्टने सामन्ती प्रवृत्ति विरुद्ध नै देखिन्छ ।

प्रश्न : हास्यव्यङ्ग्यमा कुनै सीमा छ कि छैन ? यसमा हास्य मात्रै वा व्यङ्ग्य मात्रैलाई हास्यव्यङ्ग्य भन्न मिल्छ कि मिल्दैन ? कि दुवैको समिश्रण मात्र हास्यव्यङ्ग्य हो ?

उत्तर : यी दुबैलाई एकै शब्दमा प्रयोग गर्ने हो भने अभिन्न सम्बन्ध छ, होइन फरक – फरक सन्दर्भमा फरक ढङ्गले नै बुझ्ने, प्रयोग गर्ने परम्परा पनि चलेकै छ ।

प्रश्न : वासुदेव लुइँटेल हास्यव्यङ्ग्य क्षेत्रका शिखर व्यक्ति हुन् ? केही आधारहरू उल्लेख गरि दिनू न ?

उत्तर : वासुदेव शर्मा लुइँटेल नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रलाई सबभन्दा बलियो गरी जग तयार पार्ने पुस्ताका अग्रज हुनुहुन्छ भन्ने लाग्छ । उहाँका अति सङ्क्षिप्तदेखि केही लामा आकारका रचनाहरूले गद्यमा मात्रै होइन, पद्यलाई समेत उठाउने काम गरेको छ । त्यतिमात्रै होइन उहाँ यसक्षेत्रमा प्रत्यक्ष – परोक्ष रुपले आफ्नो कमाइको ठुलो हिस्सा लगानी गरेर, गर्न लगाएर, लगानी गर्न प्रेरणा दिएर स्रष्टा, सर्जक, कलाकारहरूलाई पुरस्कार प्रदान गर्ने संस्था स्थापनामा निरन्तर लागेर आफ्नो जीवनको सम्पूर्ण समय बिताउनु भएकाे एक दानवीर व्यक्तित्व  हुनुहुन्छ । यस हिसाबले उहाँलाई यिनै  आधारमा यस कित्ताका शिखर पुरुष मान्न सकिन्छ भन्ने कुरा ढुक्कसँग भन्न सकिन्छ ।

प्रश्न : वर्तमान पुस्तालाई हास्यव्यङ्ग्यकार वासुदेव शर्मा लुइँटेलका बारेमा बुझाउन जरुरी छ कि छैन ?

उत्तर : सिङ्गो नेपाली साहित्य र हास्यव्यङ्ग्यको अध्ययनमा उहाँको जीवनीसहित कृतिपरक पाठ्यांश राखेर विद्यालय तहदेखि नै अध्ययन-अध्यापन गर्ने व्यवस्था (पाठ्यक्रम तयार पारेर) गरी नयाँ पुस्तालाई सुसूचित गराउन अनिवार्य ठान्दछु म त ।

प्रश्न : अन्त्यमा वासुदेव लुइँटेलको जन्मजयन्तीको अवसरमा हजुरले भन्न चाहेको र मैले सोध्न नसकेका केही सन्दर्भ छन्  ?

उत्तर : अन्त्यमा, उहाँप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछु । उहाँको व्यक्तित्व बारेको सङ्क्षिप्त वर्णन अपूर्ण नै हुन्छ । मैले उहाँको पारिवारिक परिवेश नै एउटा छुट्टै विश्वविद्यालय जस्तो लाग्ने प्राज्ञिक तहको पाएको छु । त्यसतर्फ समय पाएर छलफल गर्ने हो भने अत्यन्त अनुकरणीय, प्रेरणादायी हुने थियो । यसतर्फ बाँकी समयमा जान सकूँ अहिलेलाई यति ! धन्यवाद !!

०००

फित्काैलीका मेची प्रतिनिधि नदी भट्टराईकाे प्रस्तुति

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x