साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

लोभीपापीहरूले देशलाई जुवाको खाल बनाए शासनसत्ताको चुलीमा पुग्न अनेक जाल बनाए हिजो, सत्ता पाए त देश सुन्दर बनाउँथ्यौँ भन्नेले आज हेर्दाहेर्दै समृद्ध देशलाई हरिकङ्गाल बनाए ।

Nepal Telecom ad

डा. श्यामप्रसाद न्यौपाने :

१.
शासनसत्तामा शकुनी र दुर्योधनमात्र भरिन्छ भने
त्यसमाथि कंश र दुशासनको खुट्टा दह्रिन्छ भने
देशको सुन्दर इतिहास मेटिन कत्ति बेर लाग्दैन
चङ्गेजखाँलाई फूलमालाले स्वागत गरिन्छ भने ।

२.
सत्ता फेरियो, शासनतन्त्र फेरिएन अझैँ
जनता झुक्याउने षड्यन्त्र फेरिएन अझैँ
कस्ता अगुवा जन्माए समय र जनताले
शासकले देश लुट्ने मन्त्र फेरिएन अझैँ ।

३.
लोभीपापीहरूले देशलाई जुवाको खाल बनाए
शासनसत्ताको चुलीमा पुग्न अनेक जाल बनाए
हिजो, सत्ता पाए त देश सुन्दर बनाउँथ्यौँ भन्नेले
आज हेर्दाहेर्दै समृद्ध देशलाई हरिकङ्गाल बनाए ।

४.
मनभित्र तीखा काँडा भएपछि
अगुवा नै समाज भाँडा भएपछि
समाजमा सद्भाव फैलन्छ कसरी
मानवबस्ती नै धर्मछाडा भएपछि ।

०००
सुनवल -१२, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
कौवाहरू

कौवाहरू

डा. श्यामप्रसाद न्यौपाने
तीन ठोक्तक

तीन ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
अगुवाहरूलाई धन्यवाद

अगुवाहरूलाई धन्यवाद

डा. श्यामप्रसाद न्यौपाने
चारवटा ठोक्तक

चारवटा ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x