साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू सबल छन् …

छेक्तैन यो वय भएर असी पचासी ऊर्जा मिली अझ कडा दगुरुन् नथाकी हालै चुनाव सकियो नित शान्ति भाक्न वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।

Nepal Telecom ad

कविराज घिमिरे :

आशा टुटे गलत वृद्ध गरेर कर्म
भाषा र राष्ट्र कमजोर बने अकर्म
भन्दै छ आज जनता उठ वृद्ध जाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।। १

पार्टी सबै तल पुगे जति हुन् पुराना
नेतृत्व भ्रष्ट सकिनेछ छिटै धरामा
आए युवा सकल वृद्ध भएर पाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।। २

बेला थियो असजिलो अधिकांश ठाउँ
सर्वत्र हो सहर त्रस्त सुदूर गाउँ
यौटै थिइन् विषम यो स्थितिलाई ढाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।। ३

मन्त्री बनेर महिला र प्रधानमन्त्री
पाएर देश बलियो छ भएर तन्त्री
आउन् अझै सफलता दिन हुन्न थाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।। ४

गर्दै गए पुरुषले अति तुच्छ लीला
साँच्चै बनिन् कुशल यी महिला सुशीला
राख्नै हुँदैन गतिरोध उठौँ न फ्याँक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।। ५

छेक्तैन यो वय भएर असी पचासी
ऊर्जा मिली अझ कडा दगुरुन् नथाकी
हालै चुनाव सकियो नित शान्ति भाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।। ६

०००
(भक्तपुर बुढ्यौली साहित्य समाजमा अभ्यास)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x