साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले

झोलेलाई उकासेरै बहिर्गमनको दिवा स्वप्न देख्छ झोले सवै कित्तामा सवै सत्तामा यिनीहरूकै बोलबाला छ झोले नै झोले जनता जनार्दन जय भोलेनाथ गरिदेऊ न उद्दार झोले तन्त्रको विनाश !

Nepal Telecom ad

रामबाबु दाहाल :

वेशरम झोला बोक्छ
आफ्नो हैन अर्काको
भरिया पनि हैन ज्याला पर्दैन
सित्तै पनि हैन स्वार्थको र छट्टुपनको
ऊ झोला बोक्छ जो जसको पनि
अवसरवादको
ऊ झोले हो
झोला बोकेरै निर्वाह गर्छ आफ्नो
अरुको भाग खोस्छ
ऊ ढोके हो
ढोका चहारिरहन्छ
सत्ता शक्तिको भक्ति गरिरहन्छ
उसको झोलामा विचार हुँदैन
चेतना हुँदैन शून्य मनस्थितिको दाश
ऊ एक्लो छैन
केही अपवाद छाडेर
संसदमा कार्यकर्ता पंक्तिमा
यत्र तत्र सर्वत्र झोलेहरू नै भएर
बढेको छ विकृति
परेको छ संकट
भएको छ बदनाम लोकतन्त्र
झोलेतन्त्रमा रुपान्तरित कुरुप समय
यतै झोले उतै झोले
कतै छैन जनतालाई सुलभ खोले
ज्युनार गराउछन् झोलेहरूले
झोलेका नाइकेलाई
मार्सी चमलको भात र कालिजको झोल
उही झोलेको कित्ता फेरिएको छ
अपराधी निवासमा
लन्च खुवाउछ सुनको थालमा
मृत अस्तित्वको प्रेतात्माले
झोलेलाई उकासेरै
बहिर्गमनको दिवा स्वप्न देख्छ
झोले सवै कित्तामा सवै सत्तामा
यिनीहरूकै बोलबाला छ
झोले नै झोले
जनता जनार्दन जय भोलेनाथ
गरिदेऊ न उद्दार
झोले तन्त्रको विनाश !

०००
विराटनगर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Thul Nani
Thul Nani
11 months ago

I love it!!

Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
1
0
Would love your thoughts, please comment.x
()
x