जेन काइजेनआऊ प्रिय एउटा पार्टी खोलौँ
यस्तो सप्पै कहाँबाट आउला ? जिताएपछि थाहा पाउला भनेकै चिन्हमा हान्नु छाप काट्छौ तिमीले सबै पाप हामी बेच्छौँ हिमाली हावा हिउँ, असिना पाकेटमा जंगल, माटो, बालुवा, ढुंगा बिक्छ सबै विदेशमा

जेन काइजेन :
एउटा यस्तो पार्टी खोलौँ
सारा दुःख दर्द भुलौँ
भन्नासाथ पैसो झर्ने
सोच्नासाथ भकारी भर्ने
यस्तो त कसरी सम्भव होला ?
दिन दुनियाले किन पत्याउला ?
के गरी झार्नु भोट सोट
कसरी फेर्नु थोत्रो कोट ?
ह्या तिमी नि कस्तो पेसिमिस्ट ?
प्लान बनाऊ हिटै हिट
जे जे माग्छन् दिन्छु भन्नू
अहिलेलाई उधारै भोट किन्नू
हाम्लाई थाहा छ मागको लिष्टि
घर, खेत र पैसाको बृष्टि
जित्न त देउ एकपटक
हुन्छ तिम्रो कायापलट
भिसा फिरी, फिरीमै घर
रासिन पानीको नमान्नु डर
घरमा बस्ने ढुक्कले बस्नू
कुन मोबाइल चाहियो अहिले भन्नू
चुलामा तिम्रो ग्यास हुन्छ
कार गाडी रेडी हुन्छ
बाहिरै राडी भित्रै राडी
काम तिमीलाई रोजी छाडी
यस्तो सप्पै कहाँबाट आउला ?
जिताएपछि थाहा पाउला
भनेकै चिन्हमा हान्नु छाप
काट्छौ तिमीले सबै पाप
हामी बेच्छौँ हिमाली हावा
हिउँ, असिना पाकेटमा
जंगल, माटो, बालुवा, ढुंगा
बिक्छ सबै विदेशमा
ठिटा ठिटी फिरी भिषामा
बाजे बोजू ऐशमा
दुखै नगरी मस्ति मार्न
पाइने हुन्छ देशमा ।
०००
दमक- १, झापा
Subscribe
Login
0 Comments
Oldest







































