साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिन्दूरको मूल्य

उनले आमाको सिन्दूरतर्फ इशारा गर्दै भनिन्, "योभन्दा ठूलो गहना अरू केही हुँदैन । म पनि यस्तो सिन्दूरको सपना पूरा गर्ने मान्छे बन्छु ।"

Nepal Telecom ad

नन्दलाल आचार्य :

“आमा, किन तपाईं गहना कहिल्यै लगाउनुहुन्न ?”

आमाले तस्बिरतिर हेर्दै उत्तर दिइन्, “मेरो गहना सहिदहरूको रगतले बनेको सिन्दूर हो, छोरी ।”

छोरी अलमलमा परिन्, “सिन्दूर पनि गहना हो र ?”

आमाले गहिरो सास फेरिन्, “हो, छोरी ! सहिदहरूको बलिदानको प्रतीक हो यो । तिनीहरूले जीवन दिएर हामीलाई स्वतन्त्रता दिए । म तिनको रगतको मूल्य बिर्सेर चम्किलो गहना कसरी लगाउन सकूँ ?”

छोरीको आँखा रसाए । उनले आमाको सिन्दूरतर्फ इशारा गर्दै भनिन्, “योभन्दा ठूलो गहना अरू केही हुँदैन । म पनि यस्तो सिन्दूरको सपना पूरा गर्ने मान्छे बन्छु ।”

आमाले छोरीलाई अँगालो मार्दै भनिन्, “सिन्दूर साँच्नु मात्र होइन, बलिदानलाई जीवनमा उतार्नु नै असली सम्मान हो ।”

०००
२०८१ माघ १६ गते ।
श्री जनता (प्राविधिक) मावि, गोलबजार-४, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x