साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ सम्झन्थे शहीदलाई !!

तिमीले देखेकाे नयाँ नेपाल सदाका लागि गुमनाम बनाएर वर्षको एक दिन मात्रै तिम्रो बलिदानकाे गीत गाउनेलाई, तिम्रा सपनालाई कुल्चिएर तिम्रै सालिकमा माला लाउनेलाई शहीद दिवसको शुभकामना

Nepal Telecom ad

लक्ष्मी अर्गेजा मगर :

देशको माटो छातीमा राखेर
तिमी सदाका लागि निदाएपछि
शासन फेरियो व्यक्ति र राणा फेरिए
तर उस्तै छ देशको हालत
उस्तै छ गरिब जनताको समस्या
शहीदका रगतको मुल्य
कुर्सीसगँ साटेकाहरुले
लडाइँ र आन्दोलन आज पनि
जारी नै राखेका छन् देशमा
फरक यति हो !
तिमी सिङ्गो देश जोगाउन लड्यौ
आज कुर्सी जोगाउन लड्दै छन्
तिमी तानाशाहको विरुद्धमा आन्दोलन गर्यौ
आज विपक्षको विरुद्धमा आन्दोलन गर्दै छन्
दुःखी पीडितको आवाज बनेर
दुर्गम बस्तीमा चेतनाको बिउ छर्ने
देशलाई निस्वार्थ माया गर्ने,
नेपाल आमाका पीर व्याथाहरु
छातीमा राखेर मरेका
देश र जनताका लागि फाँसी चढेका
तिमी वीरहरुलाई
शहीद दिवसको शुभकामना
तिम्रा रगतको तलाउमा
राजनीतिको डुङ्गा चलाएर
आकाश छुने महल बनाएकाहरुलाई
तिमीलाई सम्झने कहिलै फुर्सद छैन
भ्रष्टाचारी बचाउन छोडेर
अरबौँको घुस पचाउन छोडेर
कहाँ सम्झन्थे तिमीलाई
कहाँ याद गर्थे तिम्रो सपना
न त तिमी पार्टीका झण्डा बोकेर
आन्दोलनमा दिन बिताउन सक्छौ
न त तिमी चुनावमा मत हालेर
कुनै दललाई जिताउन सक्छौ
यहाँ बाध्यताले परदेशिएकाहरुलाई त,
देशका नागरिकमा गनिदैन
नेताका गुलामी नगर्नेहरुलाई
मान्छेमा नै गनिदैन
तिमीहरु त आठ दशक अगाडि नै
देश पुरै भिज्ने गरि रगत बगाएका थियौ
देशलाई प्रजातन्त्रको बाटोमा हिँडाउन
घाँटीमा पासो लगाएका थियौ
तिमीसँगै रुखमा झुन्डाइए
तिम्रा ती सुन्दर सपना
तिम्रा शरीरसँगै बलि चढाइदिए
तिमीले देखेकाे नयाँ नेपाल
सदाका लागि गुमनाम बनाएर
वर्षको एक दिन मात्रै
तिम्रो बलिदानकाे गीत गाउनेलाई,
तिम्रा सपनालाई कुल्चिएर
तिम्रै सालिकमा माला लाउनेलाई
शहीद दिवसको शुभकामना
देशका बागडोर सम्हालेकाले
देश चुसेर खोक्रो पारिसके
देशलाई अग्रगामी छ्लाङ मार्छौ भन्दै
तिमी जस्ता हजारौं युवा मरिसके
छिमेकीले सिरमा टेक्दा
एैया ! भन्न नदिनेले
कुर्सी खोसिन्छ भन्दै आन्दोलनको
आव्हान गर्छन्
गरिब जनता उपचार नपाएर मर्छन्
तिमी आफू मरेर देश बचायौ
अहिले देश बेचेर भुँडी भर्छन्
गरिब किसानका पसिनामा समेत
फोहोरी राजनीति गर्छन्
गाउँ पुगेर जनतामाझ भ्रम छर्ने
अपराधीको सदैव संरक्षण गर्ने,
देश लुट्ने अनि लुटाउने
बलात्कारी माला लगाएर छुटाउने
देशका ती कपुतहरुलाई पनि
शहीद दिवसको शुभकामना ।

०००
बागलुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बा !

बा !

लक्ष्मी अर्गेजा मगर
एक भोट विक्रीमा छ

एक भोट विक्रीमा छ

लक्ष्मी अर्गेजा मगर
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x