साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक भोट विक्रीमा छ

म तिम्रो पार्टीको झण्डा बोक्छु तिम्रै पक्षमा भाषण ठोक्छु तिम्रै झोले कार्यकर्ता बन्छु सबैलाई भोट दिन भन्छु मेरो भोट किनिदेउ मेरो एक भोट विक्रीमा छ ।

Nepal Telecom ad

तिमीसगँ नोट छ
मसगँ भोट
हामी एक अर्कामा
तालमेल गरौं न हुन्न ?
तिमीलाई चुनाव जित्न
भोट झार्नु छ
मलाई जीवन जिउन,
रहर अनि भोक मार्नु छ
त्यसैले त विज्ञापन गरेको छु
मेरो एक भोट विक्रीमा छ ।

तिमी पार्टीको सिद्धान्तको कुरा नगर
म नैतिकताको कुरा छोड्छु
आज मैले परिवार धान्न
भोट बेचे
भोलि तिमीले देशको अर्थतन्त्र
धान्न भन्दै देश बेच्छौ
मलाई बाध्यता छ
तिमीलाई बहाना
तेसैले तिमी आदर्शको कुरा नगरिकन
भोट किन्न तर्फ लाग
मेरो एक भोट विक्रीमा छ
चुनाव प्रचारमा आउँदा
गाउँमा सिंहदरबार लिने सपना नदेखाउनु
जितेर रोजगार दिने सपना नदेखाउनु
म अचेल व्यावहारिक होइन
व्यापारिक हुँदै गएको छु
आफ्ना छाक टार्नको लागि
पैसा नै सबथोक हो भन्ने भएको छु
यदि तिमीले
भोटको मुल्य बढाएछौ भने
काका र दाईलाई पनि भोट दिनु भनुला
राम्रालाई जिताउनु पर्छ भन्दै
तै चुप मै चुप बनुला
तिमी किन चिन्ता गर्छौ
धितो राखिदेउ बुढीको गहना र घर
पछि जति पनि लुट्न पाउछौ धन
डबल भएर फिर्ता आउँछ
इज्जत र स्वाभिमान
म तिम्रो पार्टीको झण्डा बोक्छु
तिम्रै पक्षमा भाषण ठोक्छु
तिम्रै झोले कार्यकर्ता बन्छु
सबैलाई भोट दिन भन्छु
मेरो भोट किनिदेउ
मेरो एक भोट विक्रीमा छ ।

गरिबी घटाउने
तिम्रो चुनावको एजेन्डा होइन र ?
परेवालाई चारो जसरी
पैसा छरिदेउ
युवायुवतीलाई पासपोर्ट
चालीस काटेकालाई रक्सी भरिदेऊ
बैशाख ३० नजिकिदै छ
मान्छे चिन्न तर्फ लाग
भोट किन्न तर्फ लाग
मेरो पनि एक भोट विक्रीमा छ ।

बागलुङ पोष्टबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहाँ सम्झन्थे शहीदलाई !!

कहाँ सम्झन्थे शहीदलाई !!

लक्ष्मी अर्गेजा मगर
बा !

बा !

लक्ष्मी अर्गेजा मगर
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x