साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा !

तर पनि बा ! किन रिस पोख्दैनौ मलाई किन लडिरहन्छौ दुःख र अभावसँग किन चुपचाप हिडिरहन्छौ पानी र झरीमा ?

Nepal Telecom ad

बा !
म अग्लिन चढ्ने तिम्रो काँध
बुढेसकाल लागे सँगै निहुरियो
आज भोलि तिमी अग्लो हुन नसक्दा
टाढा टाढा देख्न नसक्दा
मलाई कति सम्झन्छौ होला है ?

मलाई तिम्रो औंला समाएर
तातेताते हिँड्न सिकाउँथ्यौ
म लडदा चिच्याएर रुन्थेँ
तिमी उठाएर भुलाउँथ्यौ
अहिले तिम्रा खुट्टा फतक्कै गलेर
भित्ता र लौरो समाउँदै हिँड्दा
दमले बेस्सरी च्यापेर औषधी नभेट्दा
तिमीलाई मेरो आवश्यकता कति पर्छ होला है ?

हामी कहिँ कतैबाट आउँदा
सधै आमा खोइ भन्छौ
आमालाई साथी जस्तै सम्झन्छौ
बजार जाँदा आमालाई चुरा लिँदै गर्दा
तिमीलाई टोपी कहिलै ल्याइदिन्नौँ
आमाकै गीत र गुणगान गाउँछौँ
बा तिमी कत्ती सहनशील छौ है
छोराछोरीले गरेको विभेद विरुद्ध कहिले बोल्दैनौ
कहिलै मन दुखाउदैनौ

म तिम्री छोरी हुनुमा सधै गर्ब गर्छु बा
तिमी रक्सी पिउँथ्यौ तर
परिवारको खुसीलाई सितन कहिलै बनाएनौ
तिमी सुर्ती माडेर खान्थ्यौ
तर हाम्रा सपनालाई चुना कहिलै लगाएनौ

तर पनि बा !
किन रिस पोख्दैनौ मलाई
किन लडिरहन्छौ दुःख र अभावसँग
किन चुपचाप हिडिरहन्छौ पानी र झरीमा ?

बा !
तिम्रो मुख हेर्न लायक भएर
तिमीलाई सोध्न मन छ
तिम्रो सपना के थियो ?
तिमीलाई रमाउन मन लाग्छ कि नाईं ?
तिमी किन कहिलै थाकेनौ दुःखहरूसँग ?
किन कहिलै भागेनौ जिम्मेवारीसँग ?
०००
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहाँ सम्झन्थे शहीदलाई !!

कहाँ सम्झन्थे शहीदलाई !!

लक्ष्मी अर्गेजा मगर
एक भोट विक्रीमा छ

एक भोट विक्रीमा छ

लक्ष्मी अर्गेजा मगर
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x