साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौँडामा खुला कविता प्रतियोगिता सम्पन्न

साहित्य संगम मकवानपुरले मोती जयन्ती, कुशे औँसी विशेष खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ ।

Nepal Telecom ad

हेटौँडा, भाद्र ११, २०७९ । साहित्य संगम मकवानपुरले मोती जयन्ती, कुशे औँसी विशेष खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । ३४ कवितामध्ये ६ अनुपस्थित भई २८ कविता वाचन गरिएका थिए ।

बुढ्यौली साहित्यका उपाध्यक्ष रामचन्द्र आचार्य फुर्सती प्रमुख अतिथि रहनु भएको यस कार्यक्रममा निणर्ायकहरू घनश्याम घिमिरे, छवि अनित्य र विश्वनाथ सञ्जेल रहनु भएको थियो ।

निणर्ायक टोलीका संयोजक घनश्याम घिमिरेले कविताले लाक्षणिक चेतना, सिर्जनात्मक क्षमता, व्यङ्ग्यात्मक र प्रतिकात्मक शब्द र सो अनुसारको भाव बोकेको हुनुपर्छ भन्दै केवल चिठी लेखेजस्तो रचना कविता हुन सक्दैन भन्दै थुप्रै राम्रा कविता आएका र विजयीसहित सहभागीहरूलाई बधाई तथा शुभकामना दिनुभयो ।

कार्यक्रममा तीन उत्कृष्ट र दुई प्रोत्साहन कविता छनौट भएको थिए । रू. २ हजार ५ सय राशीको उत्कृष्ट पुरस्कारतर्फ तीन सर्जकहरू स्वस्तिका दाहाल, समर्पण न्यौपाने, एलिसा पराजुली सम्मानित हुनुभएको थियो ।

१ हजार राशीको प्रोत्साहन पुरस्कारतर्फ उषाकिरण अधिकारी र गौरी कँडेल घोषित हुनु भएको कार्यक्रमको प्रायोजक बुढ्यौली साहित्य मकवानपुर रहेको थियो ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता सम्पन्न यस कार्यक्रममा सर्जक संजाल मकवान संयोजक निमेष निखिल, सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, साहित्य संगम मकवानपुर उपाध्यक्ष सानु खनाल, गजलकार हरि पौडेल, देवराज खरेल, मुना अर्याल, झरना साहित्यका अध्यक्ष दीपक गौतम, देवराज तिवारी, यश लामा, एस. के. निधनलगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।

डी.बी. बर्तौलाले सञ्चालन गर्नु भएको कार्यक्रम साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा सम्पन्न भएको हो ।

०००

– संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x