सुलसुलेमोती जयन्ती विशेष रचना वाचन कार्यक्रम सम्पन्न
१५७ औँ मोती जयन्ती २०७९ का सदन्दर्भमा साहित्य कला संगम दमकले मोती जयन्ती विशेष रचना वाचन शृङ्खला सम्पन्न गरेको छ ।

दमक, झापा । १५७ औँ मोती जयन्ती २०७९ का सदन्दर्भमा साहित्य कला संगम दमकले मोती जयन्ती विशेष रचना वाचन शृङ्खला सम्पन्न गरेको छ ।
संस्थाको नियमित मासिक कार्यक्रम ‘सिर्जनशील रचना वाचन’ को यो १५ औँ शृङ्खला हो । संस्थाका अध्यक्ष विष्णु न्यौपानेको सभापतित्व र सचिव विवश बलिभद्र कोइरालाको सञ्चालनमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि हास्यकवि तथा साहित्यकार कोमलप्रसाद पोखरेल रहनुभएको थियो । विशिष्ट अतिथिमा साहित्यकार जीवनाथ सुवेदी र प्रतिभा निकेतन दमकका अध्यक्ष मेघराज तिम्सिना हुनुहुन्थ्यो ।
सङ्गमका सल्लाहकार डा. गोपालप्रसाद भण्डारी र जीवनाथ सुवेदीले युवाकवि मोतीराम भट्ट उनले गरेका कार्यहरूको बारेमा परिचयात्मक अभिव्यक्ति दिनुभयो भने संस्थाका निवर्तमान अध्यक्ष नरपति पाण्डेले कार्यक्रमको सफलताको शुभकामनाका व्यक्त गर्नुभयो । मेची सहकारी संस्थाको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न ठाउँबाट उपस्थित भएका २८ जना स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए ।
प्रमुख अतिथिबाट ब्यानर वाचन समुद्घाटन गरी सामुहिक राष्ट्रिय गान गाउँदै आरम्भ भएको कार्यक्रममा रचना वाचन साथसाथै मोतीराम विषय चर्चा गरिएको थियो ।
डा गोपाल भण्डारीले मोतीराम भट्टको जीवनी प्रसङ्ग चर्चा गर्दै राजीवलोचन जोशी, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी आदिको मोती मण्डली मार्फत गजल र शृङ्गारिक धाराका कविता लेखिएको उल्लेख गर्नुभयो ।
रचना वाचन गर्नेहरूमा कृष्ण कश्यप, डा गोपाल भण्डारी, राजकुमार सुब्बा, ऋता पोख्रेल भट्टराई, दिलिप घिमिरे, सञ्जू निरौला, लक्ष्मी फुयाँल, कृति बस्नेत, हरि पराजुली, युवराज ठकुरी, खेम आचार्य, भगवती, झाँक्रीखोले, दुर्गा काफ्ले, बाबुराम, अम्विका सापकोटा, गोपाल दहाल, ओमप्रसाद खनाल, विन्दु दहाल, वलिभद्र लगायत हुनुहुन्थ्यो । कार्यक्रममा वाचित अधिकांश रचना मोतीरामप्रति समर्पित गजल, छन्द र मुक्त शैली संरचनामा संरचित थिए ।
विशिष्ठ अतिथि मेघराज तिम्सिना, जीवनाथ सुवेदी मोतीराम केन्द्रित मन्तव्य दिनुभएको थियो । प्रमुख अतिथि कोमलप्रसाद पोख्रेल मोतीरामलाई सम्झँदै ‘यी सानै उमेरदेखि मन हर्न लागे’ गजलअंश प्रस्तुत गर्दै नेपाली भाषा यति समृद्ध हुनमा मोतिरामको विशिष्ट योगदान रहेको बताउनु भयो ।
कार्यक्रमका सभाध्यक्ष विष्णु नेउपानेले अतिथिहरूलाई टोपी पहिराएर उपहार प्रदान गरी मोतीरामप्रति समर्पित ‘मोती बनोस् जीवन’ कविता प्रस्तुत गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































