सुलसुलेमञ्जुश्री साहित्यिक समाजको सातौँ वार्षिकोत्सव
प्रा.डा. कृष्णहरि बरालबाट डा.बमबहादुर थापा जितालीद्वारा रचित ‘जहाँ छन् बुद्धका आँखा गीतिकविता सङ्ग्रह पनि विमोचन भयो ।

मञ्जुश्री साहित्यिक समाजको सातौँ वार्षिकोत्सव समारोहमा मञ्जुश्री साहित्यिक स्रष्टा सम्मान गङ्गा लिगल र कवि मनिराज जोशीलाई प्रदान गरिएको छ भने विपी-भूपि मञ्जुश्री साहित्यिक पुरस्कार (रु.२५१२५) श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालबाट डा.बमबहादुर थापा जितालीद्वारा रचित ‘जहाँ छन् बुद्धका आँखा गीतिकविता सङ्ग्रह पनि विमोचन भयो ।
कार्यक्रममा तीस जना कविले कविता वाचन गर्नुभएको थियो भने विपी-भूपि मञ्जुश्री साहित्यिक पुरस्कार प्राप्त प्रतिभाको परिचय प्रस्तुत गरिएको थियो ।
डा. बरालले मञ्जुश्री साहित्यिक कृति समाजको गरिमा बारे चर्चा गर्नु हुँदै पुरस्कारको निरन्तरता र प्रतिभा छनौटमा शुद्धीकरणको महत्वपूणर् भूमिकाबारे आफ्नो भनाइ राख्नुभयो र अन्त्यमा केही गजल प्रस्तुत गर्नुभयो । सम्मानित प्रतिभा गङ्गा लिगल र कविवर मनिराज जोशीले पनि मञ्जुश्री साहित्यिक समाजको महिमा दर्शाउँदै अन्त्यमा आफ्ना सुन्दर सिर्जना वाचन गर्नुभयो ।
प्रमुख अतिथि प्रा. डा. कृष्णहरि विमोचित पुस्तक र गीतको चर्चा गर्नु हुँदै सबै स्रष्टामा बधाई दिनुभयो ।
सभाको अन्त्यमा समारोहका सभापति डा. बमबहादुर जितालीले सबै साहित्यकारलाई हार्दिक बधाई तथा शुभकामना र धन्यवाद ज्ञापन गर्दछु भन्दै सभा बिसर्जन गर्नुभयो । कार्यक्रम सञ्चालिका पम्फा भट्टराई हुनुहुन्थ्यो र उक्त कार्यक्रम फेसबुकमा प्रत्यक्ष प्रसारण पनि भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































