साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चको पच्चिसौँ काव्यगोष्ठी

वरिष्ठ कवि पुरुषोत्तम सिग्देलको संस्कृत भाषामा रचना गरिएको भानुभक्ताचार्यः खण्डकाव्यम् तथा स्मृतिविम्बका तरङ्ग लोकार्पण गरिएको थियो ।

Nepal Telecom ad

कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०७९ कार्तिक ३० गते बुधवार पच्चीसौं प्रविधिमैत्री कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न भयो ।

वरिष्ठ कवि चन्द्रप्रसाद न्यौपानेको प्रमुख आमन्त्रित तथा विशिष्ट आमन्त्रित डिल्लीराज अर्याल, निर्मलरमण पराजुली, विशिष्ट आमन्त्रित एवं समीक्षक खोलाघरे साहिँलोको उपस्थितिमा वरिष्ठ कवि पुरुषोत्तम सिग्देलको संस्कृत भाषामा रचना गरिएको भानुभक्ताचार्यः खण्डकाव्यम् तथा स्मृतिविम्बका तरङ्ग लोकार्पण गरिएको थियो ।

स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको एक मात्र साहित्यिक संस्थाले साहित्य,भाषा तथा कलाको श्रीवृद्धिमा ठूलो योगदान पुर्‍याउँदै आइरहेको छ । यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, खोरिया, गीत, साइनो तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूणर् थिए ।

यस अवसरमा रचना वाचन गर्ने स्रष्टा चन्द्रप्रसाद न्यौपाने, पुरुषोत्तम सिग्देल, डिल्लीराज अर्याल, निर्मलरमण पराजुली, गणेश आत्रेय, खोलागरे साहिँलो, कृष्णराज ओलिया, जनार्दन अधिकारी धड्कन, देवीप्रसाद मिश्र, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, पुष्पा मिश्र, चन्द्रावती अधिकारी, बिनुबाबा घिमिरे, कालीचरण बस्नेतले रचना वाचन गर्नु भएको थियो ।

प्रमुख आमन्त्रित न्यौपाले माथि उल्लेखित दुबै कृतिको समीक्षा गर्नु भएको थियो । कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्दबाटिका मौलाएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले मन्त्र मुग्ध बनाए भन्नु भएको थियो । कविगोष्टी महकीय थियो ।

कृतिकार पुरुषोत्तम सिग्देलले नेपाली साहित्यको फाँटलाई धनी बनाउनु भएको छ भन्दै भाषामा पुर्‍याउनु भएको योगदानको वारेमा चर्चा गर्नुभएको थियो । समीक्षक वरिष्ठ कवि खोलाघरे साहिँलोले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । सो अवसरमा निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो ।

उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको गतिविधि प्रस्तुत गर्नु भएको थियो । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले कर्मदाको कविगोष्ठी सभ्य भव्य शैलीमा सफल बनाउनु हुने सम्पूणर् स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कविगोष्ठीको संयोजन पोखरेलले गर्नु भएको थियो ।

०००
जगदीश्वर पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x