साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सोली डोली’ लोकार्पण, साहित्यकार भट्ट सम्मानित

साहित्यकार सुरेशकुमार भट्टको कृति सोली डोली क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा लोकार्पण गरिएको छ । भट्टले हाइकुमा रचना गरेको यो लोकवेद हालै प्रकाशनमा आएको कृति हो ।

Nepal Telecom ad

सान्फ्रान्सिस्को । साहित्यकार सुरेशकुमार भट्टको कृति सोली डोली क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा लोकार्पण गरिएको छ । भट्टले हाइकुमा रचना गरेको यो लोकवेद हालै प्रकाशनमा आएको कृति हो । यो सोली डोलीमा साढे तीन हजार हाइकु छन् ।

लायन्स क्लव अफ बर्कली लालीगुराँस, विकल्प फाउन्डेसन, समुन्द्रपारिका मन र यशोभानु साहित्य संगीत प्रतिष्ठानद्वारा हालै आयोजित कार्यक्रममा साहित्यकार भट्टले समाजकै विषयवस्तुलाई आफ्नो रचनामा समेटेको बताउनु भयो । उहाँले कर्खा, उखानटुक्का र गाथामा पनि हाइकु मिल्ने भएकोले यसलाई जापानी शैली मात्रै हो भन्नु नपर्ने बताउनु भयो । पाठकलाई विषयवस्तु अनुसारको अध्ययनमा सजिलो होस भन्ने उद्देश्यले पर्वमा विभक्त गरिएर रचना प्रकाशित गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

नेपाली साहित्यमा पहिलो पटक शंकर लामिछानेले पारिजातद्वारा लिखित शिरिषको फूलको भूमिका लेख्दा हाइकु प्रयोग गरेको पनि साहित्यकार भट्टले बताउनु भयो । आफूलाई लोकसाहित्यमा रुचि भएको र हाईकु पनि लोकसाहित्यसँग मिल्ने भएकोले यसमा योगदान गर्न सकेको उहाँको भनाई छ ।

‘सोली डोली’ कृतिमाथि टिप्पणी गर्दै युनिभर्सिटी अफ क्यालिफोर्नियाका एशोसियट प्रोफेसर डा टिका लम्सालले हाइकुको प्रयोग नेपालको सामाजिक परिवेशमा प्रयोग गरेर समाजका विषयलाई पुस्तकाकार गर्नु कठिन काम भएको बताए । अहिले हामीले रचना पढन सजिलो छ तर ’यो अरुको विधालाई हाम्रो शैलीमा ढालेर लेख्न पक्कै सजिलो थिएन, जुन काम साहित्यकार भट्टले गरिदिनु भएको छ’, डा. लम्सालले भन्नुभयो । पुस्तकलाई विभिन्न पर्वमा विभाजन गरेकोले पाठकलाई छनौटमा सजिलो भएको र यसमा समावेश विषयवस्तु समेत बुझ्न कठिन नभएकोले सोली डोली सबै खालका पाठकका लागि उपयुक्त रहेको पनि उहाँले बताउनु भयो ।

वर्तमान नेपालको समाज र आप्रवासी नेपालीहरू रहेको अमेरिकाका सहरहरूसम्मका विषयहरू यो पुस्तकका समेटिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा साहित्यकार भट्टलाई न्यान्सका अध्यक्ष प्रतेस कार्की, लायन्स क्लव अफ बर्कली लाली गुराँस राजेन थापा, साहित्यकार रितादेवी प्रधान, विकल्प फाउन्डेसनका अध्यक्ष निर्मल फूयाँल, यशोभानु साहित्य संगीत प्रतिष्ठानका सस्थापक नारायण भट्टराईलगायतले सम्मान गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x