साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा नै सन्ततिका निमित्त शिर हुन्

बाबा औषधि वैद्य हुन् कहरमा, सञ्जीवनीका बुटी धावा देश विदेश हुन् जतनमा, वैशिष्ट्य छायाँ कति। यस्ता सिध्द र पूर्ण, पूर्णभगवान् कर्तव्यका पालक आफ्नैआशनमा बसेर उभिँदा, वित्ने कठै ! नाटक।

Nepal Telecom ad

भिम पाैडेल घाँसे :

बाबा सूर्य अकाश हुन् जगतका, छानाे छहारी दिने
बा झैं ख्याल र प्रेम राख्छ कसले, छाता बनी उभ्भिने।
बाकै पौरखबाट थप्छ जनले, सौभाग्यकाे दौलत
बा नै सन्ततिका निमित्त शिर हुन्, संज्ञान भर्ने हित।१।

बाबा आश र त्रास हुन् वजनमा, सन्तानका साथमा
बाटैबाट हिडाउँने गगल हुन्, लौराे लिई हातमा ।
बा झैं ज्ञान र प्रेरणा दिइरने, अर्काे कहाँ काे छ र ?
मान्नु पर्छ अथाह साेचक हली, सत्मार्गका ईश्वर।२।

बाबा औषधि वैद्य हुन् कहरमा, सञ्जीवनीका बुटी
धावा देश विदेश हुन् जतनमा, वैशिष्ट्य छायाँ कति।
यस्ता सिध्द र पूर्ण, पूर्णभगवान् कर्तव्यका पालक
आफ्नैआशनमा बसेर उभिँदा, वित्ने कठै ! नाटक।३।

०००
उदयपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Tanka ale magar
Tanka ale magar
8 months ago

Sundar Kavita

Nepal Telecom ad
न्यायको भाटा

न्यायको भाटा

भिम पौडेल ‘घाँसे’
कलम र प्रतिभा

कलम र प्रतिभा

भिम पौडेल ‘घाँसे’
कालाे छ बत्तीमुनि

कालाे छ बत्तीमुनि

भिम पौडेल ‘घाँसे’
वृद्ध आवाज

वृद्ध आवाज

भिम पौडेल ‘घाँसे’
बुढ्याैलीका कुरा

बुढ्याैलीका कुरा

भिम पौडेल ‘घाँसे’
जाग्राम

जाग्राम

भिम पौडेल ‘घाँसे’
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
1
0
Would love your thoughts, please comment.x
()
x